प्रदेशहरुमध्ये प्रदेश नं. ३ को पहिलो बैठक हेटौडामा आज बस्दै

Advertisement

काठमाडौँ: प्रदेश नं. ३ को पहिलो प्रदेशसभा बैठक मकवानपुरको हेटौडामा विहिबार दिउँसो १ बजे बस्दैछ।

बैठकका लागि आवश्यक सबै तयारी पूरा भएको प्रदेशसभा सचिवालयले जनाएको छ।

पहिलो बैठकमा सात दलका एक/एकजना र स्वतन्त्र एक सदस्यलाई बोल्न दिइने सचिवालयका सचिव रोजनाथ पाण्डेले बताए।
त्यहाँको प्रदेश सभामा १ सय १० जना सदस्य छन्।

सभामुख निर्वाचित नहुञ्जेल सबैभन्दा ज्येष्ठ सदस्यले सभाको अध्यक्षता गर्नुपर्ने व्यवस्था छ।

जसअनुसार नेकपा एमालेका ७२ वर्षीय सदस्य डोरमणि पौडेलले बैठकको अध्यक्षता गर्ने सचिवालयले जनाएको छ।

Advertisement

Advertisement

Advertisement