पूर्वी रुकुमको सदरमुकाम सार्ने सरकारको निर्णयमाथि सर्वोच्चको अन्तरिम आदेश

Advertisement

काठमाडौँ: पूर्वी रुकुमको सदरमुकाम सार्ने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले विहिबार अन्तरिम आदेश दिएको छ ।

सर्वोच्च अदालतले आज आदेश गर्दै सदरमुकाम सार्ने निर्णय कार्यान्वयन नगर्न भनेको हो । न्यायाधीश दीपक कार्कीको एकल इजलासले सदरमुकाम सार्ने निर्णय तत्काललाई कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो ।

पूर्वी रुकुमको सदरमुकाम रुकुमकोटबाट उत्तरपुथामा सार्ने निर्णय सरकारले गरेपछि त्यसविरुद्ध सर्वोच्चमा रिट परेको थियो । अधिवक्ता गणेश हमालसहित तीनजनले सदरमुकाम सार्ने देउवा सरकारको निर्णयविरुद्ध रिट हालेका थिए ।

जिल्ला सदरमुकाम सार्ने सरकारी निर्णयविरुद्ध एक सातादेखि रुकुमकोटमा आन्दोलन चलिरहेको छ ।

Advertisement

Advertisement

Advertisement