अन्तर्राष्ट्रिय लन टेनिस प्रतियोगिता नेपालमा

lawn_tennis

काठमाडौंः अखिल नेपाल लन टेनिस संघको आयोजनामा नेपालमा अन्तर्राष्ट्रिय आइटिएफ जुनियर (यु-१८) लन टेनिस प्रतियोगिता हुने भएको छ ।

यसै महिनादेखि सञ्चालन हुने उक्त प्रतियोगिताको पहिलो सर्किट यही माघ २२ देखि २७ गतेसम्म सञ्चालन हुनेछ भने दोस्रो सर्किट माघ २९ देखि फागुन ५ गतेसम्म सञ्चालन गरिने आयोजकका अध्यक्ष ज्योति राणाले जानकारी दिए ।

प्रतियोगितामा नेपालसहित जापान, भारत, थाइल्याण्ड, चीन, पोल्याण्ड, चाइनिज ताइपे, क्यानडा, लाओस, हङ्कङ र संयुक्त राज्य अमेरिकाको सहभागिता रहनेछ । प्रतियोगितामा पुरुष र महिलाको एकल र डबल्स विधामा प्रतिस्पर्धा हुनेछ । उक्त दुवै सर्किटको खेल सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा हुनेछ ।