एनआइसी एसिया भिसा डेबिट/क्रेडिट कार्डको प्रयोगमा नगद फिर्ता योजना

Advertisement

काठमाडौंः एनआइसी एसिया बैंकले अन्तर्राष्ट्रिय कार्ड प्रदायक कम्पनी भिसासँगको सहकार्यमा यस बैंकको भिसा डेबिट वा क्रेडिट कार्ड प्रयोग गरि नेपालभित्रको कुनै पनि पीओएस मेशिनमार्फत सामान वा सुविधा खरिद गर्दा क्यास ब्याक (नगद फिर्ता) हुने योजना ल्याएको छ ।

बैंकले फेब्रुअरीदेखि अप्रिलसम्म तीन महिनाको लागि यो योजना ल्याएको हो । यस योजना अन्तर्गत एनआइसी एसिया बैंकको भिसा डेबिट/क्रेडिट कार्ड प्रयोगकर्ताहरुले प्रत्येक महिना कार्डबाट गरिने पहिलो तीनवटा भुक्तानीमा १० प्रतिशत वा प्रति भुक्तानी पाँचसय सम्मको नगद फिर्ता प्राप्त गर्नेछन् ।

यस योजनाबाट बैंकको भिसा डेबिट/क्रेडिट कार्ड प्रयोग गर्ने दुई लाख ४० हजारभन्दा बढी ग्राहकहरू लाभान्वित हुने बैंकले जनाएको छ । हाल बैंकले १६३ वटा शाखा कार्यालय, चार वटा विस्तारित काउन्टर, १५६ वटा एटीएम मेशिन तथा ५१८ वटा पीओएस मेशिन लगायतबाट आफ्नो सेवाहरु विस्तार गरिरहेको छ ।

Advertisement

Advertisement

Advertisement