प्रदेश सदस्यको पोशाक सभामुखले तोक्ने

Advertisement

हेटौँडा: प्रदेश नं ३ को प्रदेशसभाको पहिलो बैठकले पारित गरेको प्रदेशसभा कार्यसञ्चालन अन्तरिम कार्यविधि, २०७४ ले प्रदेश सदस्यको पोशाक सभामुखले तोकेबमोजिम हुने व्यवस्था गरेको छ ।

सामान्यतयाः दौरासुरुवाल र साडीचोलो लगाइने संसदीय परम्परा रहेकामा सम्बन्धित प्रदेशमा आफूखुशी वा कुन वेशभूषाको पोशाक लगाउने भन्ने सभामुखले तोक्ने स्थिति यो कार्यविधिले देखाएको छ । आजको पहिलो बैठकले प्रदेशको सभामुखको निर्वाचन यही माघ २७ गतेका लागि निर्धारण गरेको छ ।

प्रदेशसभाबाट कार्यदल गठन गरी स्थायी कार्यविधि तय नगरेसम्मका लागि दलीय सहमतिका आधारमा आजको पहिलो बैठकले अन्तरिम कार्यविधि सर्वसम्मतिले पारित गरेको थियो ।

कुल १० पेज, ३० दफा र अनुसूची रहेको सो कार्यविधि प्रतिनिधिसभामा विगतमा लागू गरिएको कार्यविधिकै ढाँचामा देखिन्छ । अन्तरिम कार्यविधिमा बैठक सञ्चालन, अध्यक्षता, बैठकको मर्यादा, शिष्टाचार, प्रस्ताव प्रस्तुत गर्ने र पारित गर्ने विधि, अनुशासनलगायत दफा छन् । यस्तै सदस्यको व्यक्तिगत विवरण, सभामुख–उपसभामुखको शपथको ढाँचा अनुसूचीमा राखिएका छन् ।

Advertisement

Advertisement

Advertisement