बार्सिलोनाको जितमा स्वारेज नायक, भ्यालेन्सिया १-० मा पराजित

Advertisement

काठमाडौंः कोपा डेल रे फुटबल कपको सेमिफाइनलमा भ्यालेन्सियामाथि बार्सिलोनाले संघर्षपुर्ण जित निकालेको छ । गए राति भएको खेलमा बार्सिलोनाले भ्यालेन्सियालाई १-० गोलले पराजित गरेको हो ।

घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले ८३ प्रतिशत बल आफ्नो कब्जामा राखेको थियो । पहिलो हाफ बराबरीमा सकिएको खेलको ६७औं मिनेटमा लुइस स्वारेजको गोेल मद्दतले जित दर्ता गरेको हो ।

यसअघि दुवै टोलीले गोल गर्ने सुनौला मौका गुमाएका थिए । खेलको पहिलो हाफमा बार्सिलोनाले गोलका दुई राम्रा अवसर सदुपयोग गर्न नसक्दा जितका लागि कडा संघर्ष गर्नुपरेको हो । साथै, दोस्रो हाफमा मेस्सीको प्रहार पोस्टको बारमा लागेर फर्किएको थियो ।

बार्सिलोनाले दोस्रो लेगमा जित निकाले प्रतियोगिताको फाइनलमा आफ्नो स्थान सुरक्षित बनाउने छ । प्रतियोगिताको दोस्रो लेग फेब्रुअरी आठमा भ्यालेन्सियाको घरेलु मैदानमा हुनेछ ।

Advertisement

Advertisement

Advertisement