११ थान कस्तुरीको विना लिएर हिंड्ने विश्वकर्मा प्रहरीको फन्दामा

Advertisement

काठमाडौँ: प्रहरीले संरक्षित वन्यजन्तु कस्तुरीको विनासहित अवैध कारोबारमा संलग्न भएको आरोपमा एक जनालाई विहिबार साँझ पक्राउ गरेको छ । प्रहरीले उनको साथबाट ११ थान कस्तुरीको विना बरामद गरेको छ ।

पक्राउ पर्नेमा जिल्ला चितवन साविक चैनपुर गापा- १ भई हाल बारा जिल्लाको जितपुर उप-महानगरपालिका वडा नं. १ बस्ने ५६ वर्षीय वल बहादुर विश्वकर्मा रहेका छन् । उनलाई केन्द्रीय अनुसन्धान व्यूरो (सीआइवी) र ईलाका प्रहरी कार्यालय सिमराको प्रहरी युनिटले संयुक्त रुपमा बाराबाट पक्राउ गरेको हो ।

विश्वकर्माले उक्त विना विक्री वितरणका लागि आफुसंग लिएर हिंडिरहेका थिए ।

वरामद सामान:
संरक्षित वन्यजन्तु कस्तुरीको विना जस्तो देखिने वस्तु थान¬- ११ (एघार) , जम्मा तौल – ५०० ग्राम (पाँच सय ग्राम) ।

अपराध :
संकटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तराष्ट्रिय व्यापार नियन्त्रण ऐन, २०७३ को दफा २०(क) र राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा २६(१) अनुसार ।

कानुनी प्रावधान :-
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ को दफा २६(१) र संकटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तराष्ट्रिय व्यापार नियन्त्रण ऐन, २०७३ को दफा २०(१) को (क) अनुसार रू. पाँच लाख रुपैँयादेखि रू. दश लाख रुपियाँसम्म जरिवाना वा ५ वर्ष देखि १५ बर्षसम्म कैद वा दुवै सजाय हुनेछ ।

Advertisement

Advertisement

Advertisement