नेताहरुलाई यस्तो सन्देश छाडेर फर्किइन् स्वराज.....

Advertisement

काठमाडौंः विहीवार दिउँसो विषेश विमानबाट नेपाल आएकी भारतीय विदेशमन्त्रीको नेपाल भ्रमण सकिएको छ । शुक्रबार दिउँसो प्रधानमन्त्री कार्यलय बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेछपछि उनको यसपटकको भ्रमण सकिएको हो ।

स्वाराजलाई प्रधानमन्त्री देउवाले प्रधानमन्त्री कार्यलयमा दिवाभोज दिएपछि उनको नेपाल भ्रमण औपचारिक रुपमा सकिएको हो । अब उनी प्रधानमन्त्रीसँगको लञ्चपछि आजै स्वदेश फर्किनेछिन् ।

उनले पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओलीलाई विहीवार वानटुवान वार्ताका साथै सोल्टी होटेलमा एमालेको रात्री भोजमा समेत सहभागी भएकी थिइन् । उक्त रात्री भोजमा उनले एमालेका अन्य नेतासँग पनि भेटघाट गरेकी थिइन् ।

राष्ट्रपतिसँग भेट

उनले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भारतका बाह्य मामिला मन्त्री स्वराजले आज अपराह्न राष्ट्रपति कार्यालय, शीतल निवासमा शिष्टाचार भेट गरेकी छिन् ।

त्यस अवसरमा उनीहरुबीच नेपाल–भारत सम्बन्धका साथै पारस्परिक हितका विविध विषयमा विचारविमर्श भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

भेटमा राष्ट्रपतिको कार्यालयका परराष्ट्र मामिलाविज्ञ डा मदनकुमार भट्टराई, राष्ट्रपतिको कार्यालयका सचिव भूपेन्द्रप्रसाद पौडेल, परराष्ट्र मन्त्रालयका सचिव शंकरदास बैरागीका साथै मन्त्री स्वराजको भ्रमण दलका सदस्यहरुको उपस्थिति थियो ।

प्रधानमन्त्री देउवासँग विदेशमन्त्री स्वराजको भेट

काठमाडौंः प्रधानमन्त्री शेरबहादुर देउवासँग भारतका विदेशमन्त्री सुष्मा स्वराजले शिष्टाचार भेटवार्ता गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा उहाँहरुबीच नेपाल–भारत सम्बन्धका साथै पारस्परिक हितका विविध विषयमा विचारविमर्श भएको प्रधानमन्त्री देउवाका परराष्ट्र सल्लाहकार डा दिनेश भट्टराईले जानकारी दिए ।

सो अवसरमा प्रधानमन्त्री देउवाले मैत्रिपूर्ण भेटवार्ताले दुई देशबीचको आपसी सम्बन्ध आगामी दिनमा अझ सुदृढ र प्रगाढ हुने विश्वास व्यक्त गरे ।

भेटमा विदेशमन्त्री स्वराजले नेपालले नयाँ संविधानअनुसार स्थानीय, प्रादेशिक र राष्ट्रिय निर्वाचन सफलतापूर्वक सम्पन्न गरेकोमा बधाई दिँदै यसले नेपालमा लोकतन्त्र संस्थागत होस् भनी शुभकामना दिनुभएको परराष्ट्र सल्लाहकार डा भट्टराईले बताए ।

मुलुकको विकास र स्थायित्वमा प्रचण्डको जोड

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुलुकको विकास र राजनीतिक स्थायित्व आफ्नो पहिलो प्राथमिकता भएको बताएका छन् ।

नेपाल भ्रमणमा रहेएकी भारतको बाह्य मामिलामन्त्री सुष्मा स्वराजसँग आज भएको भेटमा उनले भने– “नेपालको विकास र स्थायित्व आफ्ना पहिलो प्राथमिकता रहेको छ ।

निर्वाचनपछिको वातावरण तथा सरकार गठनबारे पनि आफूहरुबीच छलफल भएको भेटपछि सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै पूर्वप्रधानमन्त्री प्रचण्डले भने ।

नेपालको राजनीतिक स्थायित्व र विकास भारतको चाहना भएको दोहोर्याउँदै मन्त्री स्वराजले त्यसमा भारतले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।

साथै उनले संघीय र प्रादेशिक संसद्मा वाम गठबन्धनलाई बहुमत प्राप्त भएकामा हार्दिक बधाई ज्ञापन दिएको अध्यक्ष प्रचण्डले बताए ।

अध्यक्ष यादव र स्वराजबीच भेटवार्ता

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले भारतीय बाह्य मामिलामन्त्री सुष्मा स्वराजसँगको भेटमा एक अर्काका चासोका विषयमा छलफल भएको बताए ।

नेपाल भ्रमणमा रहेकी भारतीय बाह्य मामिलामन्त्री स्वराजसँग आज भेटपछि अध्यक्ष यादवले भने, “एक अर्काको हालखबर बुझ्ने काम भयो ।”

Advertisement

Advertisement

Advertisement