आठ महिना अघिनै छुट्ने भए सञ्जय

Advertisement

काठमाडौंः घरमा अवैध हातहयिार राखेको आरोपमा जेल सजाए भोगी रहेका बलिउड अभिनेता सञ्जय दत्त आठ महिना अगाडीनै रिहा हुने भएका छन् । उनलाई समय अगावै रिहा गर्ने राज्य सरकारले घोषणा गरेपछि उनी रिहा हुन लागेका हुन ।

सजाय पूरा हुनु अघि उनलाई रिहा गर्ने निर्णयविरुद्द अदालतमा मुद्दा परेको थियो । उक्त मुद्दामा सुनुवाई गर्दै भारतको एक अदालतले राज्य सरकारको निर्णय र गृहविभागको दस्तावेज सही भएको बताउँदै रिहा गर्ने फैसला सुनाएको हो ।

साथै, अदालतले यो प्रकरणमा राज्य सरकारको कुनै त्रुटी नरहेको पनि स्ष्ष्ट पारेको छ । अदालतले मुम्बईमा सन् १९९३ मा भएको बम हमलाको समयमा अवैध रुपमा हतियार राखेको र त्यसलाई नष्ट गरेको विषयमा दोषी ठहर गरेको थियो ।

सञ्जयले अदालतमा विचाराधिन हुँदा एक वर्ष चार महिना र फैसलापछि अढाई वर्ष काटिसकेका छन् । उनले कारागारमा उत्कृष्ट व्यावहार देखाएको भन्दै अदालतले आठ महिनाको सजायमा माफी दिदै रिहा गरेको थियो ।

Advertisement

Advertisement

Advertisement