चितवनमा केटो जोगाउनै मुस्किल

Advertisement

रत्ननगर: चितवन राष्ट्रिय निकुञ्जमा जन्मिएका गैँडाको केटो (बच्चा) लाई बचाउनै मुस्किल हुने गरेको छ । गत भदौदेखि लगातार चार वटा गैँडाका केटो मरेको निकुञ्जले जनाएको छ ।

राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहामा रहेको मयूरे गत साउन २८ गते आएको बाढीमा परेर म¥यो ।

यसैगरी पश्चिम चितवनको मेघौलीबाट गएको भदौ २२ गते उद्धार गरिएको अर्काे गैँडाको बच्चा (केटो)को पनि उपचार सफल हुन नसकी कात्तिक १४ मा मृत्यु भयो । बाघको आक्रमणमा परी गम्भीर घाइते अवस्थामा ल्याइएको अन्दाजी दुई वर्षको गैँडाको बच्चा (केटो) उपचारकै क्रममा मरेको छ ।

सौराहा नजिकै ढुंग्रे खोलामा बाघको आक्रमणबाट घाइते अवस्थामा भेटिएको अर्काे केटो पनि सौराहामा उपचारकै क्रममा केही हप्ताअघि मरेको थियो ।

चितवनको जनकौली वनमा पनि घाइते अवस्थामा एउटा केटो फेला परेको थियो । फिल्डमै गएर उपचार शुरु गरिए पनि बचाउन नसकिएको चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत अभिनय पाठक बताउँछन् ।

बाढीपछि उद्धार गरिएका छवटा केटामध्ये अहिले दुईवटा सौराहामा रहेको छ । एउटा खुला संरक्षणमा छ भने अर्काे खोरमा राखिएको छ ।

अहिले तन्दुरुस्त देखिएको गैँडा पनि कतिबेला के हुने भन्नै नसकिने निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालको भनाइ छ । अहिले सौराहामा वन्यजन्तु अस्पताल बन्ने क्रममा भएकाले अब केही राहत हुने वरिष्ठ पशु चिकित्सक डा कमल गैरे बताउँछन् ।

Advertisement

Advertisement

Advertisement