एनसीसी बैंकको नयाँ शाखा कलंकीमा

Advertisement

काठमाडौंः नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकको नयाँ शाखा कलंकीमा सञचालनमा आएको छ । बैंकको नयाँ शाखालाई नेपाल राष्ट्र बैंक, बैंक तथा सुपरीवेक्षण विभागका कार्यकारी निर्देशक महेश्वरलाल श्रेष्ठले उद्घाटन गरे ।

श्रेष्ठले एनसीसी बैंकले नेपाल राष्ट्र बैंकले तोके बमोजिम बैंकिङ्ग पहुँच नपुगेका स्थानीय क्षेत्रमा समेत शाखाहरु विस्तार गर्न लागेको जानकारी पाएकोमा खुशी लागेको बताए । एनसीसी बैंक संचालक समितिका अध्यक्ष उपेन्द्रकेशरी न्यौपानेले कलंकीमा बैंकिङ्ग सेवा विस्तार गरिएको र यसको प्रगतिको लागि स्थानियहरुबाट सहयोग प्राप्त हुनेमा विश्वास रहेको बताए ।

उक्त अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्यालले बैंकले नेपाल राष्ट्र बैंकले तोके बमाजिम देशका अन्य क्षेत्रमा समेत शाखा खोल्ने निर्णयका साथ प्रक्रिया अगाडि वढिसकेको र यस क्षेत्रमा मर्जर पश्चात दोहोरिएका शाखा स्थानान्तरण गरिएको हुँदा यस शाखाबाट बैंकले अन्य प्रतिस्पर्धि बैंकहरुसंग छुट्टै पहिचानका साथ गुणस्तरीय सेवा प्रदान गरिने बताए ।

Advertisement

Advertisement

Advertisement