नेपाल टेलिकम पनि वाग्मती सफाईमा सहभागी, अभियानलाई सफाई सामग्रीहरु प्रदान

Advertisement

काठमाडौंः नेपाल टेलिकमको आफ्नो १४औं वार्षिकोत्सवको उपलक्ष्यमा शनिबार बागमती सफाइ महाअभियानमा सहभागी भएको छ । कम्पनीले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत २४७ औँ हप्ताको वाग्मती सफाइमा सहभागी भएको हो ।

सो अवसरमा कम्पनीले बागमती सफाइ अभियानमा प्रयोग हुने विभिन्न सामग्रीसमेत सम्बन्धित निकायलाई उपलब्ध गराएको थियो । कार्यक्रममा टेलिकमका प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका अध्यक्ष नरेन्द्रराज बस्नेतलाई बागमती सफाइ कार्यमा प्रयोग हुने विभिन्न सामग्रीहरु हस्तान्तरण गरिन ।

सफाइ अभियानमा नियमित संलग्न हुने अभियन्ताहरुका लागि एक सय जोर ट्रयाक सुट, तीन सय जोर गमबुट, तीन सय जोर ठूलो पञ्जा, ५० वटा फलामे सुइरो, ५० वटा थुन्से र पाँच सय वटा भन्दा बढी मास्क हस्तान्तरण गरिएको थियो ।

प्रबन्ध निर्देशक राजभण्डारीले बागमतीका साथै नेपालका सम्पूर्ण नदीहरु सफा गर्नुपर्ने आवश्यकतामा जोड दिदै यस्ता कार्यमा कम्पनीले सधै सहयोग गर्ने बताइन । उनले फोहोरको स्रोत नै बन्द गर्नु राम्रो भएकाले यसतर्फ ध्यान दिनुपर्ने बताइन । अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका अध्यक्ष बस्नेतले टेलिकमले वाग्मती सफाईमा गर्दै आएको योगदानको प्रशंसा गरे ।

नेपाल टेलिकमले बागमती सफाइ अभियान शुरु भएको दोस्रो हप्तादेखि नै हरेक हप्ता समूहगतरुपमा आफ्ना ग्राहकहरुलाई सफाइ अभियानमा संलग्न हुन कम्पनीको तर्फबाट एसएमएस पे्रषित गर्दै आएको छ । आज कम्पनीका कर्मचारीहरु बबरमहलस्थित दूरसञ्चार तालिम केन्द्रमा भेला भई अभियन्ताहरुको अगुवाइमा बागमती कोरिडोर हुँदै शंखमुल निकट सफाइस्थल बागमतीमा पुगेका थिए ।

नेपाल टेलिकमको वार्षिकोत्सवकै सन्दर्भमा आज कर्मचारीहरुबीच पाँच किलोमिटर महिला तथा पुरुष दौड प्रतियोगिताको आयोजना समेत गर्यो । वार्षिकोत्सवको अवसरमा आयोजना गरिएका बुद्धिचाल, ब्याडमिन्टन, टेबुलटेनिस, हाजिरी जवाफलगायतका प्रतियोगिताहरु यसअघि नै सम्पन्न भइसकेको कम्पनीले जनाएको छ ।

nepal-telecom-bagmati-safai2

Advertisement

Advertisement

Advertisement