चार प्रदेशमा पहिलो बैठक आज बस्दै

Advertisement

काठमाडौँ: थप चारवटा प्रदेशमा आज प्रदेशसभाको पहिलो बैठक बस्दै छ । प्रदेश २ को जनकपुर, ५ को बुटवल, ६ को सुर्खेत र ७ को धनगढीमा बैठकको तयारी पूरा भएको छ ।

प्रदेश ३ को पहिलो बैठक माघ १८ मै सम्पन्न भइसकेको छ भने प्रदेश १ को माघ २२ गते तोकिएको छ ।

संघीयता कार्यान्वयनसँगै हुन लागेको प्रदेश बैठकमा प्रमुख दलका सांसदहरूले आफ्नो प्रदेशलाई समृद्ध बनाउने सपना लिएर आएको बताएका छन् ।

प्रदेश २ मा तराई मधेसका ८ जिल्लाबाट अधिकांश प्रदेश सांसद दुई दिनअघि नै जनकपुर पुगेका छन् । भावी सरकार निर्माण र प्रदेश सांसदको भूमिकाबारे उनीहरू आन्तरिक छलफल चलाइरहेका छन् ।

प्रदेश २ को बैठकको अध्यक्षता ज्येष्ठ सदस्य लगन चौधरीले गर्नेछन् । मधेस आन्दोलन चर्किएका जिल्लालाई समेटेर बनाइएको प्रदेश २ का सांसदहरू संसदीय दलको नेता चयन गरी मुख्यमन्त्री छान्ने कसरतमा छन् ।

यो प्रदेशमासंघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी राजपाले मुख्यमन्त्री चयन गर्नेछन् । मुख्यमन्त्रीबारे राति अबरेसम्म टुंगो लागेको छैन ।

Advertisement

Advertisement

Advertisement