रियल मड्रिड रोकियो लेभान्टेसँग २-२ को बराबरीमा

Advertisement

एजेन्सीः स्पेनीस ला लिगा फुटबल लिग अन्तर्गको खेलमा रियल मड्रिडलाई लेभान्टेले बराबरीमा रोकेको छ । गए राति भएको खेलमा रियललाई लेभान्टेले २-२ को बराबरीमा रोकेको हो ।

लेभान्टेको घरेलु मैदानमा भएको खेलमा रियलले ११औं मिनेटमा सर्जिओ रामोसको गोलबाट सुरुवाती अग्रता लिएको थियो । लेभान्टेको लागि इमानुल बोएटिङले पहिलो हाफको अन्तिम समयमा बराबरी गोल फर्काए ।

इस्कोले खेलको ८१औं मिनेटमा रियलको अग्रता २१ बनाए । खेलको ८९औं मिनेटमा लेभान्टेले बराबरी गोेल फर्काएपछि रियल बराबरीमा रोकिएको हो ।

बराबरीसँगै रियल लिगको चौथो स्थानमा रहेको छ । उसको लिग लिडर बार्सिलोनाको भन्दा १८ अंक कम रहेको छ । रियलको लिगमा यो छैटौं बराबरी हो ।

Advertisement

Advertisement

Advertisement