एभरेष्ट इन्स्योरेन्सले पहिलो ५१ प्रतिशत संस्थापक सेयर कायम हुने गरी हकप्रद विक्री गर्ने

Advertisement

काठमाडौं: एभरेष्ट इन्स्योरेन्सले ५१ प्रतिशत संस्थापक सेयर कायम गरेर मात्र नपुग रकमको सर्वसाधारण र संस्थापकमा थप हकप्रद सेयर जारी गर्ने भएको छ ।

पहिला संस्थापकको हिस्सा ५१ प्रतिशत पुर्याउन हकप्रद सेयर जारी गर्नुपर्ने भएकाले यसअघि बिक्री गर्ने भनिएको ६०० प्रतिशत हकप्रद सेयर परिमार्जन हुनेछ ।

कम्पनीले बिमा समितिको निर्देशन अनुसार संस्थापक सेयर ५१% हुनेगरी हकप्रद जारी गर्ने र गत आर्थिक वर्षको साधारण सभाबाट पारित १;६ अर्थात ६ सय प्रतिशत हकप्रद सेयर ल्याउने निर्णयलाई परिमार्जन गर्ने जनाएको छ ।

यी प्रस्तावहरु आगामी वार्षिक साधारण सभाको मुख्य एजेन्डा हुने पनि कम्पनीले आइतबार स्टक एक्सचेन्जलाई जानकारी दिएको छ ।

एभरेष्टले यसअघि १ः६ अनुपातमा ७२ लाख ९० हजार कित्ता हकप्रद निष्कासन गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको थियो । कम्पनीले सेयरधनीलाई २० प्रतिशत बोनस सेयर पनि दिइसकेको छ ।

सो बोनस सेयरपछि कायम भएको १२ करोड १५ लाख रुपियाँ चुक्ता पुँजीबाट कम्पनीले ६०० प्रतिशत हकप्रद जारी गर्ने जनाएको थियो । तर अब यो पुँजीको शतप्रतिसत भन्दा बढी संस्थापक सेयर जारी गर्नुपर्नेछ ।

अनि मात्र संस्थापक समूहको हिस्सा ५१ पुग्नेछ । यसपछि कायम हुने पुँजीलाई आधार मानेर १ अर्ब रुपियाँ चुक्ता पुँजी पुग्ने गरी आवश्यक हकप्रद पुनः जारी हुनेछ ।

Advertisement

Advertisement

Advertisement