लोयला स्कुल २५औं बर्षमा, कलाकार दमन रुपाखेतीले हँसाए विद्यार्थी र अभिभावकलाई

Advertisement

काठमाडौंः पूरानो बानेश्वरस्थित लोयला उच्च माध्यमिक विद्यालयले २५औं बर्षमा प्रवेश गरेको अवसरमा शनिबार विशेष कार्यक्रमको आयोजना गर्यो । कार्यक्रममा हाँस्य कलाकार दमन रुपाखेती मुख्य आकर्षण बनेका थिए ।

बार्षिकोत्सवमा विद्यार्थीहरुले सिर्जना गरेको सामग्रीहरुको विज्ञान प्रदर्शन, सामाजिक प्रदर्शनी, उनीहरुकै संलग्नतामा साँस्कृतिक कार्यक्रम, विभिन्न भेषभुषाको प्रदर्शनी, खानाका परिकारहरुको प्रदर्शनी गरिएको थियो ।

हाँस्य कलाकार रुपाखेतीले हाँस्य प्रस्तुतिले बार्षिकोत्सवलाई निकै मनोरञ्जनात्मक बनाएको थियो । रुपाखेतीले विद्यालयको सफलताको कामना गर्दै विद्यार्थीहरुलाई सकारात्मक उत्प्रेरणा दिएका थिए ।

विद्यालयका कार्यकारी निर्देशक अज केसीले आफ्ना छोराछोरीहरुले विद्यालयमा गरिरहेको अध्ययन र अन्य क्रियाकलापको बारेमा जानकारी दिने उद्देश्यले उक्त प्रदर्शनी आयोजना गरिएको बताए ।

उनले लोयला स्कुलले विद्यार्थीहरुलाई सैद्धान्तिक ज्ञान मात्रै नभएर व्यवहारिक तथा प्राविधिक ज्ञानसमेत प्रदान गरी उनीहरुको बहुआयामिक विकासमा ध्यान दिएको पनि बताए । केसीले बार्षिकोत्सवको उदघाटन गर्दै विद्यालयको नयाँ लोगो र ब्राण्ड कलरको शुभारम्भ गरेका थिए ।

Advertisement

Advertisement

Advertisement