दूरसञ्चार प्रविधिसिर्जित सवल र दुर्बल पक्षहरु

dhun-bahadur-budhathoki1

दूरसञ्चार प्रविधिको आविश्कार आजभन्दा १४१ बर्ष पूर्व सन् १८७६ मा भएको थियो । अहिले दूरसञ्चार क्षेत्रमा आमुल परिवर्तन भएको छ । आकाशवाणी तथा टेलिग्राफ इतिहास भएको छ । एनालग प्रविधिलाई डिजिटल प्रविधिले विस्थापन गरेको छ । वायरलाइनको विकल्पमा वायरलेस प्रविधि विकास भएको छ । पहिलो तथा दोस्रो पुस्ताको इन्टरनेटलाई तेस्रो तथा चौथो पुस्ताको इन्टरनेटले प्रतिस्थापन गर्दो छ । अझ भन्नुपर्दा २०२० सम्ममा पाँचौ पुस्ताको इन्टरनेट पार्दुभाब हुने ठानिएको छ ।

सिनारियो
सन् २०१७ को अन्त्यमा विश्वको जनसंख्या सात अर्ब ५९ करोड पुग्दैगर्दा करिव सात अर्ब ७४ करोड मानिसको हातमा मोवाइल सेवा, ९७ करोड २० लाख मानिसको हातमा फिक्स टेलिफोन र तीन अर्ब ५७ करोडको हातमा इन्टरेनट सेवा पुगेको छ । यस हिसाबले मोवाइलको टेलिडेन्सिटी मोवाइल तथा फिक्सको १६६.५ प्रतिशत र इन्टरनेट पेनिटेरेशन ४८ प्रतिशत पुगेको छ । दूरसञ्चार प्रविधिका कारण भित्रिएको कम्ति ठूलो उपलब्धी होइन, यो ।

nic-asia-ad

सेवाप्रदायक संस्थाहरु पहिलो वा दोस्रो पुस्ताभन्दा तेस्रो तथा चौंथो पुस्ताको दूरसञ्चार सेवामा हौसिएका छन । पछिल्लो पुस्ताको सेवामा लाभको मात्रा अधिक हुने हुँदा सेवाप्रदायक त्यसतर्फ केन्द्रीत भएका हुन । आम मानिसले आयको २–३ प्रतिशत दूरसञ्चार क्षेत्रमा खर्चिने गरेको आइटियुको प्रतिवेदनले देखाएको छ । विश्व जीडीपीमा २०१५ मा १.५ ट्रिलियन अमेरिकी डलर योगदान पुगेकोमा २०१९ मा २.४० ट्रिलियन अमेरिकी डलर पुग्ने अनुमान छ । दूरसञ्चार प्रविधिसिर्जित आर्थिक उपदान हो, यो ।

दूरसञ्चार, सेवा क्षेत्रको अग्रणी उद्योग मानिन्छ । मेक्सिकन अर्बपति कार्लोस स्लिमहेलुदेखि लिएर इन्डियन अर्बपति अनिल अम्बानीको लगानी यसै क्षेत्रमा छ । अमेरिकाको एटी एन्ड टी, चीनको जेटटिई, हुवावे, भारतको रिलायन्स, एअरटेल, हङकङको टेलिस्टार, कतारको कतार टेलिकम, श्रीलंकाको श्रीलंकन टेलिकम, कोरियाको एलटिडिकन, पाकिस्तानको पाकिस्तान टेलिकम, मलेसियाको डिजी, मलेसियाको सिलिकम, बेलायतको बिआइटी, ताइवानको चंगह्वा, अस्ट्रेलियाको टेलिस्ट्रा, सिंगापुरको सिंगटेल, जापानको निप्पोन जस्ता अग्रणी कम्पनीहरुले विश्वको दूरसञ्चार उद्योग हाँकिहरहेका छन् । यसै पनि २१औं शताब्दी सूचना प्रविधिको युग मानिन्छ । साच्चै भन्नुपर्दा दूरसञ्चार प्रविधि हाम्रो जीवनशैली बनिसकेको छ । अहिले वयस्कले मात्र के बच्चाबच्ची समेत दूरसञ्चार प्रविधिबाट सायदै अछुतो छन । भनिन्छ “एबेबी इज बर्न डिजिटाइज ।” मानिसको आर्थिक जीवनमा मात्र होइन, सामाजिक, राजनीतिक, सांस्कृतिक क्षेत्रमा समेत दूरसञ्चार प्रविधि प्राणवायुको प्रयाय भएको छ ।

क्रेज
मोवाइल, कम्प्युटर, ल्पावटप, आइप्याड, ट्यावलेट, नोटबुकको प्रयोग बढदो छ । मौसम जान्न, भाषा परिवर्तन गर्न, मिति जानकारी लिन, कुनै स्थान पत्ता लगाउन, कुनै चिजको अर्थ थाहा पाउन, कुनै चिज प्रयोग गर्ने तरिका जान्न, कुनै चिजको भिडियो हेर्न कम्प्युटर, विश्वको ताजा ताजा जानकारी लिन स्मार्ट फोनहरु सहयोगी बन्दै आएको छ । स्मार्ट फोनहरुले आम मानिसको जीवनशैली आयामिक बदलाब आएको छ । अहिले सबथोक अटोमेसन भएको छ । चीनमा एन्ड्रोइड मोवाइल प्रयोगकर्ताले निश्चित लेन प्रयोग गर्नुपर्ने प्रावधान हुनु मोवाइलप्रतिको क्रेज नै होे । आईप्याड प्रयोग गर्न किडनी समेत बिक्री गरेको नजिर हुनु क्रेजको अर्को दृष्टान्त हो, जुन आफैमा दूरसञ्चार प्रविधिको एउटा आयम नै हो । इन्टनेट उपयोग गर्ने अनेकन प्रविधि विकास भएकै कारण आगामी पाँच बर्षमा थप तीन अर्ब मानिस इन्टरनेटमा अनुबन्धन हुने अनुमान छ ।

दुर्बल पाटाहरु
१ डिजिटल डिभाइड
मोवाइल र फिक्ससहित विश्वमा टेलिडेन्सिटी ११६.५ प्रतिशत पुगेको भएता पनि बिकसित मुलुकमा एक व्यक्तिले एकभन्दा बढि दूरसञ्चार उपभोग गर्दा अफ्रिका तथा एसियाका कतिपय मानिसले दूरसञ्चार सेवाको मुखसम्म देख्न पाएका छैनन् । अर्थात १० मध्ये ८ मानिसले वकासोन्मुख मुलुकमा दूरसञ्चार सेवा उपभोग गरेका छन् । इन्टरनेट उपभोगको अबस्था झनै नाजुक छ । विश्वका ५२ प्रतिशत अर्थात तीन अर्ब ९४ करोड मानिस इन्टरनेट सेवावाट बिमुख छन् ।

२ एक्टिभ सब्सक्राइबर
मोवाइल सेवा सब्सक्राइब गर्नु र सब्सक्राइबर एक्टिभ अवस्थामा रहनु फरक फरक कुराहरु हुन । सब्सक्राइब गरेका ग्राहक एक्टिभ हुदैनन् भने सब्क्राइभ गर्नुको कुनै अर्थ रहदैन । २०१७ मा मोवाइल डेन्सिटी १०३.५ प्रतिशत पुुगिरहँदा एक्टिब व्रोडब्यान्ड सब्सक्राइबर ५६.४ प्रतिशत मात्र रहेको छ । यसको अर्थ विश्वका आधा मानिसले मात्र बर्तमान समयमा ठेटरुपमा मोवाइल व्रोडब्यान्ड उपयोग गरिरहेका छन भन्ने पुष्टि हुन्छ ।

३ डाटा स्पिड
इन्टरनेट सेवामा स्पिड महत्वपूर्ण कुरा हो । तथापि, युरोप, अमेरिका र पूर्वी एसियाली मुलुकमा इन्टरनेटको गति उच्च भएता पनि अफ्रिका तथा एसियाली मुलुकहरु अड्की अड्की चल्ने इन्टरनेटबाट मानिसहरु आक्रान्त छन । व्रोडब्यान्ड इन्टरनेटको बेन्चमार्क अमेरिकमा २५, दक्षिण कोरियामा २९ एबिपिएस हुँदा नेपाल तथा भारतको ५१५ केबिपिएस मात्र हुनु यसैका प्रमाण हो । २०१६ मा इन्टरनेटको पिककनेक्सन दर भारतमा २५ एमबिपिएस हुँदा सिंगापुरमा त्यो भन्दा छ गुना अधिक अर्थात १४६ एमबिपिएस हुनु अर्को दृष्टान्त हो ।

४ डिजिटल स्लेभ
दूरसञ्चार प्रविधिमा भएको विकासले बाबुनानी कम्प्युटर गेममा एकोहोरिँदा पढाई बिग्रदो छ । सामाजिक संजालका कारण नबपिढि एकलखाटे बन्दो छ । सबथोक भर्चुयल प्लेसमा पाउन सकिन्छ भन्ने सोचका कारण सिर्जनशीलता मर्दो छ । नयाँ पिडी साइबर अपराधमा लाग्ने क्रम बढ्दो छ । किशोर किशोरीमा प्रोनोग्राफीको लत लाग्दो छ । थिंक ट्या्यांकसमेत डिजिटल स्लेभ बनिरहेका छन । आज बाबु र छोरा, श्रीमान र श्रमतीबीचको सम्बन्ध, रसरङ र भावना बिश्रृंखलित हुँदो छ । स्मरणरहोसः अहिले फेसबुकमा मात्र दुई अर्ब मानिस अनुबन्धित छन ।

सबल पाटाहरु
१ आर्टिफिसियल इन्टेलिजेन्सी
दूरसञ्चार प्रविधिमा भएको विकासका कारण इ–एजुकेशन, इ–बैकिङ, इ–सपिङ, डिस्टेन्ट लर्निङ, भिडियो कन्फेरेन्सिङ, टेलिमेडिसिन, अनलाइन सपिङ, भर्चुयल अफिस सम्भव भएको छ । उपभोक्ताले सञ्चारको उपयुक्त माध्यम छनौटको अवसर प्राप्त गरेको छन् । समय, पैसा, मसी र कागज बचत भएको छ । कार्यको गुणबत्ता र उत्पादकत्व अभिवृद्धि भएको छ । स्मार्ट फोनको विकासको कारण आर्टिफिसियल इन्टेजेन्सी, भर्चुल पर्चेज, भर्चिअल ट्राभल, गुगल क्लास, गुगल भिडिओ सम्भब भएको छ । उर्जा कम खपत गर्ने प्रविधि विकास हुँदा विश्वव्यापी उष्णता कम गर्न मद्दत मिलिको छ ।

२ क्लाउड प्रपटी
मोवाइल व्रोडब्यान्डमा चलाउनु भनेको डाटाको सम्बन्ध क्लाउडसंग हुनु हो । अहिले क्लाउड सबथोक भएको छ । क्लाउडको उपयोग गर्न सक्ने व्यक्ति अर्बपति बनेका छन । मार्क जुगरबर्ग, जो कलेज स्टुडेन्ट जस्ता लाग्दछन, उनलाई फेसबुकले अर्बपतिको दज्यानी दिलाएको हो । अहिले क्लाउडलाई कागजात बचाएर राख्ने सुरक्षा घरको रुपमा उपयोग गरिदो छ ।

३ एल्पिकेशन ईन फ्रीअफ कस्ट
तुजुक मान्नुपर्ने कुरा चाहीं फेसबुकमा आबद्ध हुन, युट्यूबमा भिडियो हेर्न, भाइबर, इभो, मेसेन्जरमार्फत कल, विकिपिडियाबाट कुनै कुराको जानकारी लिन र गुगलबाट जुनकुनै कुरा सर्च गर्न छुट्टै रकम वा शुल्क तिर्नु पर्दैन । इन्टरनेटको महसुल तिरे पुग्छ । जबकी इन्टरनेट र एप्लिकेशन फरक फरक लागतका रहेका दूरसञ्चार प्रविधिहरु हुन । महत्वपूर्ण कुरा इन्टरनेट वा इन्टरनेटजन्य कुनै एप्लिकेशनले उपलब्ध गराउने सुचना इन्टरनेटमा खर्चिने लागतको तुलनामा अलि नगन्य रहेको छ ।

४ स्र्माट युनिभर्स
दूरसञ्चार प्रविधिले कठिनभन्दा कठिन कार्यलाई अटोनेमेसन तथा रोवोटाईजेशन गरेको छ । दूरसञ्चार प्रविधि विश्व स्मार्ट बन्दो छ । स्मार्ट सिटी, स्मार्ट एग्रिकल्चर, स्मार्ट इनर्जी, स्मार्ट ड्राईभिङ हाइब्रिड कार यसैको करामत हो । दूरसञ्चार प्रविधिमा भएको विकासले रोजगारीका नविन अबसरहरु पैदा भएका छन । यसैले दूरसञ्चार प्रविधिलाई अबको आर्थिक भविष्य ठानिएको छ ।