लगानीको सम्भावित क्षेत्र खोज्दै व्यवसायिक चिनियाँ टोलि नेपालमा, यस्तो छ प्राथमिकता

Advertisement

काठमाडौँ: नेपाल उद्योग वाणिज्य महासंघ र चीनबाट व्यावसायिक वार्ताका लागि नेपाल आएका प्रतिनिधिमण्डबीच आइतबार भेटवार्ता भएको छ ।

महासंघ सचिवालयमा आज भएको भेटवार्तामा दुवै देशका निजी क्षेत्रबीचमा आपसी सम्बन्धलाई विकास गर्ने र नेपालमा लगानी गर्न चाहने चिनियाँ व्यवसायीलाई सहजीकरण गर्ने विषयमा छलफल भएको उद्योग वाणिज्य महासंघले जनाएको छ ।

ग्वाङ्गजाओका लागि नेपाली महावाणिज्यदूत रवि भट्टराईको समन्वयमा चीनबाट व्यावसायिक भेटवार्ताका लागि आएको छ सदस्यीय प्रतिनिधिमण्डललाई महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले स्वागत गरेका थिए ।

सो अवसरमा वरिष्ठ उपाध्यक्ष गोल्छाले नेपालमा रहेका सम्भावनाको खोजी गरी सहकार्यको हात अगाडि बढाउन नेपाल आएका चिनियाँ प्रतिनिधिमण्डललाई नेपालको लगानीका क्षेत्रका बारेमा जानकारी गराए ।

उहाँले नेपाल र चीनका लगानीकर्ता, रियल स्टेट डेभलपर्स, कृषि व्यवसायी, सौर्य ऊर्जा एवं पूर्वाधार निर्माणसँग सम्बन्धित व्यवसायीको भेटवार्ताले सकरात्मक कार्यको थालनी हुनुका साथै यसले दुवै देशलाई व्यावसायिकरूपमा अझ बढी प्रगाढ बनाउने विश्वास रहेको बताए ।

सो अवसरमा महावाणिज्यदूत रवि भट्टराईले नेपाल लगानीका लागि उत्तम देश भएको र यहाँ लगानी गर्नेले सफलता हासिल गर्नसक्ने तथा नेपाली पनि चीनमा आफ्नो व्यापार÷व्यवसाय विस्तार गर्न इच्छुक रहेकोसमेत जानकारी गराएका थिए ।

उक्त भेटवार्तामा चिनियाँ प्रतिनिधिमण्डलका व्यवसायीले निकट भविष्यमा अन्य क्षेत्रमा पनि आफूहरू लगानी गर्न इच्छुक रहेको धारणा चिनियाँ व्यावसायिक प्रतिनिधिमण्डलले व्यक्त गरेको महासंघले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement