टेलिकमले ल्यायो सापटी योजना, ब्याज भने नलाग्ने

Advertisement

काठमाडौंः नेपाल टेलिकमले आफ्नो १४औं वार्षिकोत्सवको अवसरमा ‘नमस्ते क्रेडिट’ सेवा सञ्चालनमा ल्याएको छ । टेलिकमले प्रिपेड सेवाग्राहीहरुलाई फोनमा कुरा गर्दा गर्दै ब्यालेन्स सकिएमा कल निरन्तरता दिने ‘नमस्ते क्रेडिट’ सेवा आजबाट सञ्चालनमा ल्याएको हो ।

टेलिकमले ल्याएको उक्त सेवामा सेवा शूल्कबापत लाग्ने रकम नलाग्ने जनाइएको छ । यो सेवा जिएसएम प्रायेगकर्ताहरुका लागि ल्याइएको हो भने यसअघि पोस्टपेड ग्राहकहरुलाई टेलिकमले सोही सेवा दिइरहेको थियो ।

सुचना तथा सञ्चारमन्त्री मोहन बहादुर बस्नेतले नमस्ते क्रेडिट सेवाको औपचारिक उद्घाटन गर्दै टेलिकमले देशभरको दुर्गम स्थानलाई सुचनामा जोडन सफल भएको बताए । उनले टेलिकमसँग दक्ष र प्राविधिक जनशक्ती हुँदाहुदै पनि प्रतिस्पर्धात्मक क्षमतामा कमि आइरहेको बताए ।

टेलिकमक प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले विश्वव्यापी रुपमा बढ्दो प्रविधिको प्रतिस्पर्धाको साथै गुणस्तरीय सेवा उपलब्ध गराइरहेको बताइन । उनले अबको केही समयमा पहाडी जिल्लामा अप्टिकल फाइबरको जडान गर्दै टेलिकमको सेवामा अझ विस्तार गरिने बताइन ।

साथै, टेलिकमले वार्षिकोत्सवको अवसरमा विभिन्न सेवा प्रयोग गर्दै आइरहेका आफ्ना ग्राहकहरुलाई माघ २५ देखि तीन महिनाका लागि एडीएसएल सेवामा रिर्चाज गर्दा जिएसएम वा सिडिएमएमा डाटा बोनस, एडीएसएल सेवाको स्पिड पाँच एबिपीएस, प्रिपेड ग्राहकहरुलाई पनि सियुजी सेवा जस्ता प्याकेज तथा छुटको व्यावस्था गरेको छ ।

कम्पनीले आफ्ना जिएसएम सेवातर्फ माघ २३ देखि फागुन आठसम्मको लागि अनलिमिटेड नाइट भोइस प्याकेज ( राति १० बजेदेखि बिहान छ बजेसम्म) ३५ रुपिँया, अनलिमिटेड अल टाइम डाटा प्याकेज ( २४ घण्टा) ५० रुपिँया र अनलिमिटेड नाइट डाटा प्याक ( राति १० बजेदेखि बिहान छ बजेसम्म) १५ रुपिँयामा सञ्चालनमा लाउने घोषणा गरेको छ ।

कम्पनीले ५०, एक सय र दुई सयको रिचार्ज गर्दा १० प्रतिशत बोनस पाँच सय र एक हजारको रिचार्जमा १५ प्रतिशत बोनस पनि दिने भएको छ ।

Advertisement

Advertisement

Advertisement