अमेरिका पठाइदिन्छु भन्दै ठग्नेको तीन वटा छदम नाम, १४ जनाबाट एक करोड ५० लाख ठगी

Advertisement

काठमाडौंः प्रहरीले अमेरिका पठाइदिने नाममा १४ जनाबाट एक करोड ५० लाख रुपियाँ ठगी गर्नेलाई पक्राउ गरेको छ । ठगिनेमा अधिकांश महिला छन् । रकम ठग्नेको सुलभ पण्डित क्षेत्री हुन ।

उनले मनिष बस्नेत र नरेन्द्रबहादुर पण्डित जस्ता छदम नामबाट युवायुवतीहरुलाई अमेरिका पठाइदिन्छु भन्दै रकम लिने र ठग्ने गरेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएको छ । क्षेत्रीले विशेषगरी महिलाहरुसँग आफू अमेरिकन आर्मी भएको र अमेरिका पठाइदिन्छु भन्दै रकम अशुल गर्ने गरेको प्रहरीको भनाई छ ।

क्षेत्रीलाई प्रहरीले गोकर्णेश्वर–८ बेसीगाउँबाट पक्राउ गरी काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरेर अनुसन्धान सुरु गरेको ब्यूरोको विज्ञप्तिमा उल्लेख छ । हाल जोरपाटीमा बस्दै आएका २९ बर्षीय क्षेत्री सिन्धुपाल्चोकको हेलम्बु–७ का निवासी हुन ।

क्षेत्रीले आफ्नो परिचय लुकाउन छदम नाममा नागरिकतासमेत लिएको प्रमाण प्रहरीले फेला पारेको छ । उनले फेसबुकमार्फत साथी बनाई आफू अमेरिकन आर्मी हुँ भनी भ्रममा पार्ने र अमेरिका पठाइदिन्छु भनी मोटो रकम लिएर ठगी गर्दै आएका थिए ।

उनले विभिन्न छदम नाममा विभिन्न बैंकमा खाता खोल्नुका साथै, छदम नाम मनिष बस्नेतमै काठमाडौं जिल्ला अदालतबाट कोर्ट म्यारिज गरेको देखिएको छ । क्षेत्रीविरुद्ध अदालतमा विभिन्न व्यक्तिले चार करोड ९५ लाख रुपियाँ ठगी गरेको भन्दै मुद्दासमेत दर्ता गरेका छन् ।

Advertisement

Advertisement

Advertisement