एलआईसी नेपालको ‘पेन्सन बीमा योजना’, आजीवन पेन्सनको सुविधा

Advertisement

काठमाडौंः लाईफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी) नेपालले ‘पेन्सन अब नो टेन्सन’ भन्ने सन्देशका साथ ‘जीवन अक्षय १’ नामक नयाँ बिमा योजना सार्वजनिक गरेको छ ।

एलआईसीले पेन्सन योजना ४० देखि ७५ वर्ष उमेरसम्मका मानिसलाई लक्षित गरेर बजारमा ल्याएको हो । कम्पनीको उक्त योजना बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाँईले सोमबार सार्वजनिक गरेका हुन् ।

‘जीवन अक्षय १’ योजना चालु हुनासाथ पेन्सन लिन मिल्ने भन्दै कम्पनीले यो योजना नेपालको पहिलो र एकमात्र योजना भएको दाबी गरेको छ । यस योजनामा बीमितको मृत्यु पश्चात खरिदको मूल्य फिर्ता हुनेगरि सञ्चालनमा ल्याइएको कम्पनीले जनाएको छ ।

साथै, बीमितलाई आजिवन पेन्सन, बीमितको मृत्यु पश्चात बीमितको श्रीमान वा श्रीमतीलाई बीमितले पाउने गरेको पेन्सनको ५० प्रतिशत रकम आजीवन दिइने जनाइएको छ । बीमा समितिबाट पारित भएको एलआईसीको यस योजनामा ग्राहकले सार्वधिक ११ दशमलव ७७ प्रतिशत सम्मको रकम पेन्सन पाउन सक्छन् ।

एलआईसी नेपालका कायम मुकायम प्रमुख कार्यकारी अधिकृत अभिजितघोष दस्तिरले आमनागरिकलाई पेन्सनको माध्यमबाट आर्थिक सुरक्षा दिन सक्ने कुरामा कम्पनी विश्वस्त रहेको बताए ।

Advertisement

Advertisement

Advertisement