नवलपरासीमा एनसीसीको नयाँ शाखा

Advertisement

नवलपरासीः नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकले नवलपरासीको वर्दघाट नगरपालिकामा मंगलबारदेखि नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले सञ्चालनमा ल्याएको नयाँ शाखाको उद्घाटन एनसीसी बैंकको संचालक समितिका सदस्य कृष्ण श्रेष्ठले गरे ।

श्रेष्ठले एनसीसी बैंकले नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार शहरी क्षेत्रमा मात्र केन्द्रित नभई ग्रामिण क्षेत्रहरुमा समेत शाखा विस्तार गर्न लागेको जानकारी गराए । वर्दघाट नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष रबिन्द्रविक्रम हमालले आफ्नो क्षेत्रमा शाखा सञ्चालन गरेकोमा खुसी व्यक्त गरे ।

बैंक संचालक समितिका सदस्य माधवप्रसाद भट्टले यस शाखा मार्फत विविध बैंकिङ्ग सेवा प्रदान गर्दै सवै आर्थिक क्रियाकलापलाई बैकिङ्ग सञ्जाल मार्फत जोडिने बताए ।

बैंकका प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्यालले मर्जर पश्चात दोहोरिएका शाखा स्थानान्तरण एवं नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार स्थानीय निकायमा समेत शाखा सञ्चालनमा ल्याउन लागेको जानकारी दिए ।

Advertisement

Advertisement

Advertisement