आइएमई लाइफ र जनता बैंकबीच बैंक अस्योरेन्स सम्झौता

Advertisement

काठमाडौंः आइएमई लाइफ इन्स्योरेन्स कम्पनी र जनता बैंकबीच बैंक अस्योरेन्स सम्झौता भएको छ । सम्झौतामा आइएमई लाइफका निमित्त महाप्रबन्धक दिनेश अमात्य र जनता बैंकका प्रमुख कार्यकारी अधिकृत परशुराम कुवँर क्षेत्रीले हस्ताक्षर गरे ।

अस्योरेन्स सम्झौतापछि सर्वसाधरण तथा बैंकका गा्रहकहरुले जनता बैंकको कुनै पनि शाखाबाट छिटो, छरितो र सहज रुपमा आइएमई लाइफको जीवन बीमा गराउनका साथै जीवन बीमा सम्बन्धी जनकारी प्राप्त गर्न सक्नेछन् ।

आइएमईले हाल ४२ स्थानबाट बिभिन्न शाखा मार्फत सेवा प्रदान गर्दै आइरहेको छ भने बिभिन्न १० वटा योजनाहरु बजारमा ल्याएको छ । कम्पनीले सामान्य सावधिक, बाल शिक्षा, आजिवन, नगदफिर्ता, साढे तीन गुणा रक्षावरण लगायतका बीमा योजना ल्याएको छ ।

न्यून आय भएका शहरी तथा ग्रामिण भेगका व्यक्तिहरुको समेत जीवन बीमामा पहुँच पु¥याई नेपालमा जीवन बीमा बिस्तार गर्नु आफ्नो उद्देश्य रहेको कम्पनीले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement