स्मार्टडोकोको भ्यालेनटाइनमा ‘डोकोभरी माया’ अभियान

Advertisement

काठमाडौंः भ्यालेन्टाइन डे लाई लक्षित गर्दै अनलाइन सपिङ पोर्टल स्मार्टडोकोले डोकोभरि माया क्यामपेनको घोषणा गरेको छ । स्मार्टडोकोबाट एक हजार रुपियाँ भन्दा बढी सामान गर्ने ग्राहकलाई लक्की ड्र मार्फत विजेता घोषित गरिनेछ ।

खरिदकर्ताले आफुले किनेको सामानको फोटो वा स्क्रीनसट ह्यासट्रयाकको प्रयोग गरी फेसबुक वा इन्सटाग्रममा अपलोड पनि गर्नु पर्नेछ । उक्त अभियान फेबु्रअरी १ देखि १३ सम्म सञ्चालमा रहनेछ र तीन विजेताको नाम फेब्रुअरी १४ मा घोषणा गरिने छ ।

लविम मलमा अनलाइन मेघा स्टोरले चाँडैनै मल एक्टीभेसन अल्टीमेट गर्दैछ र उक्त मलमा भ्रमण गर्नेहरुले मनमोहक गिफ्ट ह्याम्पर स्मार्ट डोकोबाट प्राप्तगर्न सक्नेछन् । घडी, पर्फयुम, जुत्ता, बुकेट, केक सफ्ट खेलौना, कस्मेटिक्स जस्ता वस्तुहरु डोकोभरि मायाले उत्कृष्ट मूल्यमा विशेष भ्यालेन्टाइन उपहार प्रदान गर्नेछ ।

ग्राहकले आफुलाई मनपर्ने मोवाइलफोन, विद्युतीय सामान, फेशन आइटम, वेवी केयर, पेट केयर, खानेकुरा र पेयपदार्थ लगायत १८ क्याटेगोरिका वस्तुहरु स्मार्टडोकोबाट खरिद गर्न सक्नेछन् ।

घोषणा गरिएको अभियानबाट तिन विजेताले तिन विशेष उपहार एवं विभिन्न ब्राण्डको खरिदमा ५० प्रतिशत सम्मको छुटका साथै एक जोडीको लागि होटल ¥याडिसन, काठमाडौंमा रात्री भोज, एक जोडीको लागि दहिल बुटिक होटल, पोखरामा रात्री भोज, एक जोडीको लागि होटल सिङ्गी, काठमाडौंमा रात्री भोज दिइने स्मार्टडोकोले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement