एनआइसी एसियाले ल्यायो सी-आस्वा सेवा, अब अनलाइनबाटै सेयर आवेदन गर्न सकिने

Advertisement

काठमाडौंः एनआइसी एसिया बैंकले सी—आस्वा सेवा (सेन्ट्रलाइज्ड एप्लिकेशन फर एएसबीए बेस्ड इसुयन्स) सञ्चालनमा ल्याएको छ । अब यस बैंकका ग्राहकले बैंकको मुलुकभर फैलिएको १६८ वटै शाखाबाट सहजरुपमा सी—आस्वा रजिष्ट्रेशन नम्बर लिई सी—आस्वा प्रणालीमार्फत धितोपत्र खरिद गर्न आवेदन दिन सक्नेछन् ।

नेपाल धितोपत्र बोर्डले सार्वजनिक निष्काशनमा धितोपत्र खरिद गर्न आवेदन दिँदा आउँदो फागुन ११ गतेबाट अनिवार्य रुपमा सी—आस्वा सेवा सञ्चालनमा ल्याउन निर्देशन दिएअनुसार उक्त प्रणालीमार्फत आवेदन दिंदा सी—आस्वा रजिष्ट्रेशन नम्बर अनिवार्य भएकोले ग्राहकलाई समयमै सी—आस्वा रजिष्ट्रेशन नम्बर प्रदान गर्ने उद्देश्यले मंगलबारबाट उक्त सेवा सञ्चालनमा ल्याएको बैंकले जनाएको हो ।

यो सेवा सञ्चालनमा आएसँगै ग्राहकले बैंकबाट सी—आस्वा रजिष्ट्रेशन नम्बर लिई मेरो सेयरमार्फत आफै अनलाइन आवेदन दिन सक्नेछन् । यसैगरि, अनलाइन आवेदन दिन नसक्ने लगानीकर्ताको हकमा बैंकको कुनै पनि शाखामा गई सी—आस्वा फारम भरि आवेदन बराबरको रकम आफ्नो बंैंक खातामा रोक्का राखी सहज रुपमा यस प्रणालीमार्फत आवेदन दिन सक्नेछन् ।

Advertisement

Advertisement

Advertisement