मंगलबार झन्डै दुई करोड कित्ता शेयर सूचीकृत

Advertisement

काठमाडौँ: नेपाल स्टक एक्सचेञ्जमा आज एक करोड ९७ लाख ५९ हजार ४८९ कित्ता शेयर सूचीकृत भएको छ । स्टकमा बैंक अफ काठमाडौँको संस्थापक शेयरसँगै अन्य पाँच कम्पनीको शेयर सूचीकृत भएको हो ।

बैंक अफ काठमाडौँको ६१ लाख ५८ हजार ६७ कित्ता संस्थापक शेयर, आरएसडिसी लघुवित्त वित्तीय संस्थाको २३ लाख कित्ता हकप्रद शेयर सूचीकृत भएको छ ।

यस्तै छिमेक लघुवित्त विकास बैंकको १६ लाख ५९ हजार २९३ कित्ता बोनस शेयर र आइसिएफसी फाइनान्सको आठ लाख तीन हजार ८८५ कित्ता र स्वदेशी लघुवित्त वित्तीय संस्थाको एक लाख ५० हजार कित्ता बोनस शेयर सूचीकृत भएको छ ।

स्टककाअनुसार सोल्टी होटलको पनि ८६ लाख ८८ हजार २४४ कित्ता बोनस शेयर सूचीकृत भएको छ ।

Advertisement

Advertisement

Advertisement