छ वटा प्रदेशमा राष्ट्रिय सभाका लागि मतदान शुरू, नतिजा तीन दिनमै

Advertisement

काठमाडौँ: प्रतिनिधि र प्रदेश सभाको निर्वाचन भएको दुई महिनापछि संसद्को माथिल्लो सदन राष्ट्रिय सभाको चुनाव बुधबार हुँदैछ।

सबै सदस्य निर्विरोध निर्वाचित भइसकेको प्रदेश नम्बर २ बाहेक बाँकी ६ वटा प्रदेशमा निर्वाचन प्रक्रिया सुरु भएको हो ।

निर्वाचनका लागि व्यवस्थापकीय काम पूरा भइसकेको जनाएको निर्वाचन आयोगले परिणाम तीन दिनभित्रै नतिजा घोषणा गर्ने जनाएको छ।

राष्ट्रिय सभाको निर्वाचनपछि प्रतिनिधि सभाको समानुपातिक परिणाम औपचारिक रूपमा टुङ्गो लाग्नेछ र संघीय संसद् पूण भइ नयाँ सरकार गठनका लागि बाटो खुल्नेछ।

आयोगका अनुसार राष्ट्रिय सभाको निर्वाचनको मतदान आज बिहान १० बजे शुरू भइ दिउँसो ३ बजे सकिनेछ।

५६ स्थानमध्ये २४ जना निर्विरोध निर्वाचित भइसकेका छन्।

छ वटा प्रदेशसभामा बाँकी ३२ स्थानका लागि विभिन्न दलका ५२ उम्मेदवार प्रतिस्पर्धामा छन्।

राष्ट्रिय सभा निर्वाचनपछि पनि संघीय संसद्‍मा ३३ प्रतिशत महिला सहभागिता निश्चित बनाउन अपुग हुने बाँकी संख्या प्रतिनिधि सभाको समानुपातिक तर्फबाट क्षतिपूर्ति गर्ने संवैधानिक व्यवस्था भएकाले तल्लो सदनको अन्तिम परिणाम घोषणा हुन सकेको छैन।

त्यसका कारण सरकार गठनको प्रक्रिया औपचारिक रूपमा प्रारम्भ हुन सकेको छैन। त्यसको दवाबमा परेको जस्तो देखिने आयोग राष्ट्रिय सभा निर्वाचनको नतिजा छिट्टै घोषणा गर्ने मनस्थितिमा देखिन्छ।

Advertisement

Advertisement

Advertisement