आइसीसी विश्व क्रिकेट लिग डिभिजन दुईको उद्घाटन खेलमा नेपाल नामिबियासँग भिडने

Advertisement

काठमाडौंः नामिबियामा भोली (विहिवार) देखि आइसीसी विश्व क्रिकेट लिग डिभिजन दुई प्रतियोगिता सुरु हुदैछ । प्रतियोगिताको शीर्ष दुईमा अटाउने टोली मार्चमा जिम्बाबेमा हुने आइसीसी एक दिवसीय विश्वकप छनोट प्रतियोगिता खेल्न पाउने छन् ।

नेपाल प्रतियोगितको उद्घाटन तथा आफ्नो पहिलो खेलमा आयोजक राष्ट्र नामिबियासँग प्रतिस्पर्धा गर्दैछ । छ टोली सम्मिलित प्रतियोगितामा नेपालसँगै आयोजक नामिबिया, सयुंक्त अरब इमिरेटस् (युएई), ओमान, केन्या र क्यानडा जस्ता टोलीले एकआपसमा प्रतिस्पर्धा गर्ने छन् ।

नेपालले यूएईमा खेलेका तीन अभ्यास खेलमा एकमा हार र दुईमा जित निकाल्दै आइतबार नामिबिया पुगिसकेको छ । नेपालले दुई दिन नामिबियामा अभ्यास गरेपछि विहीवार आयोजकको सामना गर्नेछ ।

नेपालका कप्तान पारस खड्काले आइसीसी विश्वकप भन्दा नेपाल मात्र दुई कदम पछाडी रहेकाले आफुहरु प्रतियोगिता खेल्न उत्साहका साथ तयार रहेको बताए । उनले आइतवारको खेलमा आयोजकलाई पराजित गर्न सकेमा खेलाडीको मनोबल उच्च हुने बताए ।

अहिलेसम्म नेपाल र नामिबियाबीच भएको चार एकदिवसिय अन्तराष्ट्रिय खेलमध्ये नेपालले तीन र नामिबियाले एक खेलमा बाजी मारेका छन् । नामिबियाले नेपाललाई सन् २००१ मा भएको आइसीसी ट्रफी प्रतियोगितामा आठ विकेटको फराकिलो अन्तरले पराजित गरेको थियो ।

साथै, सन् २०१५ मा नामिबियाको घरेलु मैदानमा भएको डिभिजन दुईमा नेपालले नामिबियालाई तीन विकेटले र सन् २०१६ मा नेपालको घरेलु मैदान त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको विश्व क्रिकेट लिगका दुई खेलमा नामिबियालाई पराजित गरेको थियो ।

नामिबियाले २००३ मा एकदिवसीय विश्वकप समेत खेलेको छ भने घरेलु मैदानमा हुने प्रतियोगिताको तयारीका लागि अफ्रिकाको भ्रमण गरेको थियो ।

Advertisement

Advertisement

Advertisement