जगदम्बा मोटर्सको भ्यालेनटाइन्स डे योजना, हिराको औठीसम्मको उपहार

Advertisement

काठमाडौंः नेपालका लागि टिभिएस मोटरसाइकल र स्कूटरको आधिकारिक वितरक जगदम्वा मोटर्सले प्रणय दिवस (भ्यालेनटाइन डे)को अवसरमा ‘सेलिब्रेट भ्यालेनटाइन्स डे इन स्टाइल’ नामक योजनाको घोषणा गरेको छ ।

यस योजना अन्तर्गत, ग्राहकले कुनैपनि टिभिएस स्कुटर विगो, स्कुटी जेष्ट, ड्याज र जुपिटरको खरिदमा तत्काल उपहार स्वरुप पाँच हजार रुपियाँ क्यास छुट जित्न सक्नेछन् । साथै, ग्राहकले हरेक हप्ता लक्की ड्रमा भाग लिई बम्पर उपहारको रुपमा हिराको औंठी जित्ने सक्नेछन् ।

तर, ग्राहकले टिभिएस जुपिटर क्लासिक इडिसनको खरिदमा भने पाँच हजार रुपियाँ छुट नपाउने भए पनि उनीहरुलाई हरेक हप्ता हुने लक्की ड्र मा सहभागि गराइने कम्पनीले जनाएको छ । त्यसैले जुपिटर क्लासिकका ग्राहकले लक्की ड्रमा सहभागि भै हिराको औंठी जित्ने मौका भने पाउने छन् ।

यो योजना फेब्रुअरि ५, २०१८ बाट सुरु भैसकेको र सीमित अवधिको लागि मात्र लागु हुने जनाइएको छ ।

Advertisement

Advertisement

Advertisement