एनआईबिएल र एस क्यापिटलको एकिकृत कारोबार माघ २८ बाट

Advertisement

काठमाडौं: एनआईबिएल क्यापिटल मार्केट्स लिमिटेड र एस क्यापिटल लिमिटेडको एकिकृत कारोबार यही माघ २८ गतेदेखि सुरु हुने भएको छ ।

यी दुवै कम्पनी एक आपसमा गाभिएर एनआईबिएल एस क्यापिटल लिमिटेडको नामबाट एकिकृत कारोबार गर्नेछन ।

एनआईबिएल क्यापिटल २०६७ साल फागुन २५ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भएको हो भने कारोबार सञ्चालनका लागि २०६९ साल साउन १५ गते नेपाल धितोपत्र बोर्डबाट इजाजत प्राप्त गरेको थियो ।

यस कम्पनीले लाजिम्पाटमा रजिष्टर्ड कार्यालय स्थापना गरी व्यवसाय सञ्चालन गर्दै आएको छ ।

त्यस्तै , २०६६ साल पुस १६ गते दर्ता भएको एस क्यापिटलले व्यवसाय सञ्चालनका लागि २०६७ साल भदौ १७ गते कारोबार सञ्चालन गर्न बोर्डको स्वीकृृति पाएको थियो ।

एस क्यापिटलले लालदरवारमा रजिष्टर्ड कार्यालय स्थापना गरी कारोबार सञ्चालन गर्दै आएको छ । दुवै कम्पनी गाभिएपश्चात एनआइबिएल एस क्यापिटलको रजिष्टर्ड कार्यालय लाजिम्पाट रहनेछ ।

Advertisement

Advertisement

Advertisement