सामसङको ११ हजार पर्ने ग्यालेक्सी जेटु इडिसन् बजारमा

Advertisement

काठमाडौंः सामसङले नेपालमा नयाँ सामसङ ग्यालेक्सी सिरिज अन्तर्गत जे टु फोर जी इडिसन् मोबाइल सार्वजनिक गरेको छ । सामसङको नयाँ स्मार्ट फोनमा सुपर फास्ट इन्टरनेट चलाउन र डाउनलोड गर्न सकिने कम्पनीले जनाएको छ ।

यसमा क्युएचडी सुपर अमोल्ड स्क्रिन, एक दशमलव ३ गिगाहर्ज क्वाड कोरले फोर जी फोनको क्षमतालाई वृद्दि गरिएको छ । एचपीपी डिभिजनका प्रमुख प्रणय रत्न स्थापितले ग्राहकहरुलाई नयाँ प्रविधि युक्त विभिन्न मूल्यका मोबाइल सेटहरु प्रस्तुत गर्ने क्रममा सामसङ ग्यालेक्सीको यो संस्करण स्मार्ट फोनका प्रयोगकर्ताहरुलाई लक्षित गरी प्रस्तुत गरेको बताए ।

यस मोडलमा ४ दशमलव ७ इन्चको क्युएचडी स्क्रिन जसले फोटो हेर्दा, भिडियो हेर्दा वा वेवसाइट चलाउँदाको अवस्थामा वेग्लै अनुभव प्रदान गर्ने बताइएको छ । फोनमा एक दशमलव ३ गिगाहर्जको क्वाड कोर प्रोसेसर, एक जिबि र्याम र आठ दशमलव ४ एम एम इन्च साइज रहेको छ । यसको मूल्य ११ हजार २९० रुपियाँ रहेको छ ।

Advertisement

Advertisement

Advertisement