‘आईएमई पे गरौँ, व्यवसाय बढाऔँ’ भन्ने नारासहित आईएमई पेको बी टु बी सेवा शुरु

Advertisement

काठमाण्डौंः नेपालकै पहिलो भुक्तानी सेवा प्रदायक कम्पनी आईएमई डिजिटल सोलुसनको आईएमई पेले बी टु बी सेवा सुरु गरेको छ । आईएमई पेले देशव्यापी रूपमा सम्भावित व्यवसायहरूलाई आईएमई पेका टच पोइन्टहरूको सञ्जालमा जोडिनका लागि बी टु बी सेवालाई सेवा सञ्चालन गरेको हो ।

सुरु गरिएको सेवाबाट ग्राहकहरुले रकम ट्रान्सफर गर्ने कार्यदेखि लिएर बिजुली, इन्टरनेट, डिटिएच इत्यादिको बिल भुक्तानी समेत गर्न सकिने कम्पनीले जनाएको छ । साथै, सेवाग्राहीहरूको दैनिक जीवनलाई सहज तुल्याउन मदत गर्ने तथा रिचार्ज गर्ने लगायतका सुविधाहरू समेत थुप्रै भुक्तानी सम्बन्धी सेवाहरू उपलब्ध भएको जनाइएको छ ।

आईएमई पेका टच पोइन्टले वालेट दर्ता गर्ने, क्यास इन र क्यास आउट जस्ता मोबाइल मनी सम्बन्धी सेवाहरू पनि आफ्ना सेवाग्राहीहरूलाई उपलब्ध गराउन सक्नेछन् । आईएमई पेको टच पोइन्टले कम्प्युटरको प्रयोग गरेर आईएमई पे वेब पोर्टल मार्फत् अथवा स्मार्ट फोनको प्रयोग गरेर मोबाइल एप मार्फत् पनि यस्ता सेवाहरू प्रदान गर्न सक्ने बताइएको छ ।

जी टु पी, पी टु जी र पी टु पी सम्बन्धी भुक्तानीहरूका साथै ग्रामीण र सेवामा न्यून पहुँचयुक्त स्थानमा रहेका सेवाग्राहीहरूलाई सामाजिक सुरक्षा सम्बन्धी रकमको वितरण प्रभावकारी रूपमा सिधै भुक्तानी गर्न समेत आईएमई पे सक्षम भएको जनाइएको छ ।

कम्पनीको देशभरि १३ हजार ५०० भन्दा बढी टच पोइन्ट सहितको मजबुत सञ्जाल रहेको छ र त्यसमा सात हजार भन्दा बढी रेमिटेन्स एजेन्टहरू रहेका छन् ।

Advertisement

Advertisement

Advertisement