प्राइम लाईफको बोनस सेयर घोषणा

Advertisement

काठमाडौंः प्राइम लाईफ इन्स्योरेन्सले गत आर्थिक वर्षको चुक्ता पूँजीबाट ३२ दशमलव ५ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको छ । कम्पनीको बुधबार बसेको सञ्चालक समितिको बैठकले उक्त बोनस सेयर दिने निर्णय गरेको हो ।

कम्पनीले १९ करोड ८३ लाख १५ हजार रुपैयाँ बराबरको बोनस सेयर दिन लागेको हो । कम्पनीले गत भदौ २७ मा सम्पन्न सातौं, आठौं, नवौं र दशौं वार्षिक साधारणसभाबाट पारित भई प्रक्रियामा रहेको १६० प्रतिशत हकप्रद सेयरका आवेदकले पनि बोनस पाउने जनाएको छ ।

हकप्रदलाई दिइने बोनस शेयर समायोजन गर्दा १२ दशमलव ५ प्रतिशत बोनस हुने कम्पनीले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement