युनिलिभरको नाफाका साथै प्रतिसेयर आम्दानीमा फेरि गिरावट, बिक्री ३.६ प्रतिशतले घट्यो

Advertisement

काठमाडौंः युनिलिभर नेपाल लिमिटेडको सेयरमा फेरि गिरावट भएको छ । सेयरबजारमा सबैभन्दा महंगो मूल्य भएपनि कम्पनीले चालु आर्थिक बर्षको दोस्रो त्रैमासमा पनि नाफा घटेको देखिएको हो । युनिलिभरले गएको आर्थिक बर्षमा १४ र सोही बर्षको चाँथो त्रैमासमा ३१ प्रतिशत घाटा भए पनि विवरणमा लुकाउने प्रयास गरेको थियो ।

युनिलिभरको नाफामा जारी गिरावट चालु आर्थिक बर्षको पहिलो छ महिनामा पनि जारी रहेको उसको वित्तीय विवरणबाट देखिन्छ । कम्पनीले गत वर्षको दोस्रो त्रैमासको तुलनामा यो वर्ष सोही अवधिमा १८.५ प्रतिशतले कमी आएको छ ।

छदम ढंगले बोसो हालेको साबुन प्रयोग नगरौं भन्ने भद्दा खालको विज्ञापन प्रकाशित गरेपछि चौतर्फी आलोचनको शिकार बनेको युनिलिभरका उत्पादनहरुको बिक्रीमा आएको कमीसँगै संचालन आम्दनीमा ह्रास आउँदा नाफा घटेको हो । जसको कारण उसको सेयर मूल्यमा पनि गिरावट हुँदै गएको छ ।

चालु आर्थिक वर्षको दोस्रोे त्रैमासमा कम्पनीले १५ करोड ३० लाख गरेको छ । जबकी गत बर्षको सोही अवधिमा कम्पनीको खुद नाफा १८ करोड ७८ लाख रुपियाँ थियो । गत आवको तुलनामा यो आवमा युनिलिभरको नाफा तीन करोड ४८ लाख कम हो ।

युनिलिभरका उत्पादनहरुको बिक्री गत बर्षभन्दा ३ दशमलव ६ प्रतिशतले घटेको छ । समीक्षा अवधिमा कम्पनीले १० अर्ब दुई करोडको उत्पादन बिक्री गरेको छ । गत बर्ष सोही अवधिमा उसले १० अर्ब पाँच करोडको उत्पादन बिक्री गरेको थियो ।

युनिलिभरले यसअवधिमा अन्य सञ्चालन आम्दानीबाट तीन करोड ३९ लाख मात्र आम्दानी गरेको छ । जबकी गत बर्ष उसको यस्तो आम्दानी १५ करोड ८६ लाख रुपियाँ थियो । नाफा घटेपछि उसको प्रतिसेयर आम्दानी पनि घटेर १६६ रुपियाँमा झरेको छ ।

गत वर्षको सोही अवधिमा युनिलिभरको प्रतिसेयर आम्दानी २०४ रुपियाँ थियो । कम्पनीको अहिले दोस्रो बजारमा प्रतिकित्ता सेयर २८ हजार रुपियाँमा कारोबार भइरहेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ एक हजार ३७७ रुपियाँ र मूल्य आम्दानी अनुपात २३ दशमलव ६८ गुणा रहेको छ । कम्पनीलाई मिडियालाई दिएको सुचनामा भने आफ्नो नाफामा भएको गिरावटलाई लुकाउने प्रयास गरेको छ । त्यस्तै, उसको खर्चमा पनि अस्वाभाविक वृद्धि हुँदै गएको वित्तीय विवरणबाट देखिन्छ ।

आर्थिक बर्ष २०७२–७३ मा चार अर्ब ४० करोड ५३ लाख सञ्चालन मुनाफा गरेमा गएको आर्थिक बर्षमा पाँच अर्ब एक करोड ८१ लाख रुपियाँ सञ्चालन मुनाफा गरेको छ । गएको बर्ष खर्चमा झण्डै २० प्रतिशत वृद्धि भएको देखाइएको छ, जुन अस्वाभाविक देखिन्छ । खर्चमा झण्डै दोब्बर वृद्धि हुँदा त्यसको प्रभाव लगानीकर्ताहरुमा पर्नेछ ।

उसले घुमाउरो शैलीमा नेपालको कारण नाफा घटेको तथ्य प्रस्तुत गरेको छ । युनिलिभरका अनुसार गत बर्ष साढे दुई महिना कारखानामा तालाबन्दी भएको, गर्मी यामको गैरआगमनका कारण साबुनको बिक्रीमा नकारात्मक प्रभाव परेको र पछिल्लो समयमा स्थानीय निर्वाचनका कारण बजारजन्य कार्यदिनमा कमी आएको हो ।

अत्यधिक खपत हुने (एफएमसीजी) वस्तुहरुको उत्पादन गर्ने युनिलिभरका उत्पादनहरुको नेपालमा ठूलो प्रभाव रहेको छ । भारत बेसको यस बहुर्राष्ट्रिय कम्पनी भएकाले यसका कमी कमजोरीलाई नेपाल सरकारले समेत हस्तक्षेप गर्ने आँट गर्दैन ।

Advertisement

Advertisement

Advertisement