साताको अन्तिम दिन नेप्सेमा वृद्दि, कारोबार रकम निराशाजनक

Advertisement

काठमाडौंः केही दिनदेखि लगातार गिरावट भईरहेको नेप्से साताको अन्तिम दिन विहीवारमा भने एकल अंकको सुधार आएको छ । आज नेप्से ९ दशमलव एक अंकले बढेर एक हजार ३९१ दशमलव १ अंकमा कायम भएको छ ।

सेयर बजारमा हरियाली छाए पनि कारोबार रकममा भने खासै वृद्दि हुन सकेन । आज २६ करोड ८५ लाख ३० हजार ४०२ रुपियाँका छ लाख ८६ हजार ४६३ सेयर किनबेच भए ।

विहीवार सबैभन्दा बढी बीमा समुहको परिसुचक ७२ दशमलव ९४ अंकले वृद्दि भयो भने वाणिज्य बैंक समुहमा ६ दशमलव ३१, होटल समुहमा १३ दशमलव ४३, र जलविद्युत समुहमा १७ दशमलव १ अंकको वृद्दि देखिए ।

अंकमा सुधार देखिएपनि फाइनान्स समुहमा सुन्य दशमलव १६ र व्यापार समुहमा सुन्य दशमलव ०८ अंकले गिरावट आएको छ ।

Advertisement

Advertisement

Advertisement