नेपाललाई नामिबियाको १३९ रनको लक्ष्य प्रस्तुत

Advertisement

काठमाडौंः नामिबियामा जारी आइसीसी वल्र्ड लिग क्रिकेट डिभिजन टु अन्तरर्गत भएको उदघाटन खेलमा नेपाल सामाु आयोजक टोली नामिबियाले १३९ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ । टस जितेर ब्याटिङमा निम्त्याएको नामिबियालाई नेपालले ३४ दशमलव २ ओभरमा समेट्दै सबै विकेट लियो ।

नेपालका लागि सन्दिप लामिछानेले आठ दशमलव २ ओभर बलिङ गर्दै १८ खर्चीएर सर्वाधिक चार विकेट लिए । साथै, सोमपाल कामिले ३, पारसले २ विकेट लिए ।

नामिबियाको लागि सिजी विलियम्सले विस्फोटक ब्याटिङ गर्दै ३६ बलमा ४१ रनको योगदान दिए । अन्य खेलाडीहरु सस्तैमा समेटिए ।

Advertisement

Advertisement

Advertisement