सोनीको शोरुम शेर्पा मल दरवारमार्गमा

Advertisement

काठमाडौंः सोनीको शोरुम काठमाडौंको दरवारमार्गमा स्थित शेर्पा मलमा सञ्चालनमा आएको छ । सोनीको नेपालस्थित आधिकारीक विक्रेता नेपाहिमा ट्रेडलिंकले बिहिबारवाट शोरुम सञ्चालनमा ल्याएको हो ।

सोनीको विजनेस हेड जेरेमी हेंग, निर्देशक निश्चल वस्नेत र नेपाहिमा ट्रेडका कार्यकारी दिर्नेशक राजेश तुलाधरले शोरुमको उद्घाटन गरेका हुन् । उक्त शोरुममा सोनीको नेपालमा उपलब्ध सवैरेञ्जका उत्पादनहरु उपलब्ध हुने कम्पनिले जनाएको छ ।

सोनीको व्राभिया टिभी, सोनी एक्स्पेरिया स्मार्ट फोन, अल्फा र साइवरसट क्यामेरा, होम थिएटर सिस्टम, पर्सनल इन्टरटेनमेन्टका साथै एमडिआरसिरिजमा हेडफोनहरु सञ्चालनमा आएको शोरुममा उपलब्ध हुनेछन् ।

यसअघि सोनीे शोरुम कान्तिपथ, जाउलाखेल र लबिम मल गोंगोवुमा सञ्चालनमा रहेको छ ।

Advertisement

Advertisement

Advertisement