नेपाल टेलिकमको ‘स्प्रिङ अफर’ सञ्चालनमा, यस्ता छन् सुविधाहरु

Advertisement

काठमाडौंः नेपाल टेलिकमले ग्राहकहरुका लागि स्प्रिङ अफर उपलब्ध गराउने भएको छ । उक्त अफर आज विहीवारदेखि लागू भई अफर आगामी २०७५ बैशाख २५ गते समाप्त हुने टेलिकमले जनाएको छ । कम्पनीले सञ्चालनमा ल्याएको अफर यसप्रकार छन्ः

१ अल टाइम डाटा प्याक
जीएसएम प्रिपेड/पोष्टपेड तथा सीडीएमए प्रिपेड/पोष्टपेड मोबाइलमा अल टाइम डाटा प्याकेज प्रयोग गर्न सकिन्छ । कम्पनीले पहिले देखिनै उपलब्ध गराएका विभिन्न प्याकेजमा १४ प्रतिशत थप बोनस डाटा उपलब्ध गराउने भएको छ ।

अब थप बोनस समेत गरी अल टाइम डाटा प्याक अन्तर्गत १० रुपियाँमा तीन दिनसम्म चौबिसै घण्टा उपभोग गर्न पाउने गरी २३ एमबी डाटा उपलब्ध हुनेछ । त्यसैगरी २५ रुपियाँमा सात दिनसम्म चौबिसै घण्टा उपभोग गर्न पाउने गरी ६९ एमबी डाटा उपलब्ध हुनेछ । ५० रुपियाँमा १४ दिनसम्म चौबिसै घण्टा उपभोग गर्न पाउने गरी १४३ एमबी डाटा, १ सय रुपिपयाँमा २८ दिनसम्म चौबिसै घण्टा उपभोग गर्न पाउने गरी ४५६ एमबी डाटा, २०० रुपियाँमा २८ दिनसम्म चौबिसै घण्टा उपभोग गर्न पाउने गरी ९६९ एमबी डाटा र ३०० रुपियाँमा २८ दिनसम्म चौबिसै घण्टा उपभोग गर्न पाउने गरी १७१० एमबी डाटा उपलब्ध हुनेछ ।

२. नाइट डाटा प्याक
जीएसएम प्रिपेड/पोष्टपेड तथा सीडीएमए प्रिपेड/पोष्टपेड मोबाइलमा नाइट डाटा प्याक प्रयोग गर्न सकिन्छ । यसमा पनि पहिले भन्दा थप १४ प्रतिशत बोनस डाटा उपलब्ध हुनेछ ।

नाइट डाटा प्याक अन्तर्गत अब १५ रुपियाँमा १७१ एमबी डाटा ३ दिन सम्म प्रयोग गर्न सकिने छ । त्यसैगरी ४५ रुपियाँमा ५७० एमबी डाटा ७ दिन सम्म र ९० रुपियाँमा १३६८ एमबी डाटा १४ दिनसम्म चलाउन पाइने छ । यो वाहेक २०० रुपियाँमा ३५०३ एमबी डाटा र ३०० रुपियाँमा ७५८८ एमबी डाटा २८ दिनसम्म चलाउन पाइने छ । नाइट डाटा प्याक राती १० बजेदेखि बिहान ६ बजेसम्म चलाउन पाइने छ ।

३. सोसियल मिडिया डाटा प्याक
सोसियल मिडिया डाटा प्याक अन्तर्गत सामाजिक सञ्जाल फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएप चलाउन सकिने छ । यस अन्तर्गत १२ रुपियाँमा ५७ एमबी डाटा ३ दिन, २५ रुपियाँमा १२६ एमबी डाटा ७ दिन र ५० रुपियाँमा २६३ एमबी डाटा १४ दिनका लागि उपलब्ध हुनेछ । त्यसैगरी १०० रुपियाँमा ५७० एमबी डाटा र २०० रुपियाँमा १२५४ एमबी डाटा २८ दिन समयावधिका लागि उपलब्ध हुनेछ ।

४. डाटा स्ट्रिमिङ प्याक
जीएसएम प्रिपेड/पोष्टपेड मोबाइलका लागि स्ट्रिमिङ प्याक अन्तर्गत युट्युब र वाउटाइम एप्स चलाउन सकिने छ । यस अन्तर्गत ११५ रुपियाँमा १३६८ एमबी डाटा भोल्युम प्राप्त हुनेछ । यो प्याकेज २१ दिनको अवधिसम्म प्रयोग गर्न सकिने छ । त्यसैगरी ८० रुपैयाँमा ९१२ एमबी डाटा १४ दिन अवधिका लागि र ४५ रुपैयाँमा ४५६ एमबी डाटा ७ दिन अवधिका लागि उपलब्ध हुनेछ ।

५. एसएमएस प्याक
जीएसएम प्रिपेड/पोष्टपेड तथा सीडीएमए प्रिपेड÷पोष्टपेड मोबाइलमा एसएमएस प्याक प्रयोग गर्न सकिने छ । यो प्याक अन्तर्गत १२ रुपियाँमा ५ दिनसम्म उपभोग गर्न पाउने गरी ६० वटा एसएमएस र ६० वटा बोनस एसएमएस समेत उपलब्ध गराइएको छ । यसरी १२ रुपियाँमा १२० वटा एसएमएस गर्न सकिने छ ।

६. फोरजी डाटा प्याक
फोरजी डाटा प्याक अन्तर्गत १२ रुपियाँमा ३५ एमबी डाटा ३ दिनका लागि, ५० रुपियाँमा २२८ एमबी डाटा ७ दिनका लागि र १०० रुपियाँमा ५७० एमबी डाटा १४ दिनका लागि उपलब्ध हुनेछ । त्यसैगरी २०० रुपियाँमा १३६८ एमबी, ३०० रुपियाँमा २२८० एमबी र ५०० रुपियाँमा ४१०४ एमबी डाटा २८ दिन समयावधिका लागि उपलब्ध हुनेछ ।

७. अल टाइम भ्वाइस प्याक
जीएसएम तथा सीडीएमए प्रिपेड/पोष्टपेड मोबाइलमा कम्पनीकै नेटवर्कभित्र भ्वाइस प्याक अन्तर्गत एक दिनका लागि १० रुपियाँमा ११ मिनेट भ्वाइस कल प्राप्त हुने व्यवस्था गरिएको छ । त्यसैगरी २५ रुपियाँमा ३० मिनेटको प्याकेज ३ दिन अवधिका लागि उपलब्ध छ । ५० रुपियाँमा ५ दिनका लागि ७५ मिनेट, १०० रुपियाँमा १० दिनका लागि २०० मिनेट, २०० रुपियाँमा २८ दिनका लागि ४१० मिनेट, ३०० रुपियाँमा ३० दिनका लागि ६५० मिनेट र ५५० रुपियाँमा ६० दिनका लागि १२०० मिनेट कल उपलब्ध गराइएको छ । सो कल नेपाल टेलिकमको नेटवर्क भित्रका लागि मात्र उपलब्ध हुनेछ ।

८. नाइट टाइम भ्वाइस प्याक
नाइट टाइम भ्वाइस प्याक अन्तर्गत १० रुपियाँमा ३ दिनसम्म ७० मिनेट र २५ रुपियाँमा ७ दिनसम्म कम्पनीकै नेटवर्कभित्र २५० मिनेट कल गर्न सकिने छ । सो प्याक राती १० बजेदेखि बिहान ६ बजेसम्म मात्र प्रयोग गर्न सकिने छ ।

९. सीयूजी प्याकेज
कम्पनीले कर्पोरेट ग्राहकहरुका लागि कन्भज्र्ड सीयूजी (कर्पोरेट युजर ग्रुप) प्याकेज उपलब्ध गराएको छ । हालसम्म जीएसएम पोष्टपेडलाई मात्र यो सुविधा उपलब्ध गराइएकोमा अब जीएसएम/सीडीएमएका प्रिपेड/पोष्टपेड सबैमा यो सुविधा उपलब्ध हुनेछ । कर्पोरेट ग्रुपका विभिन्न समूहलाई उपयुक्त हुने गरी ४ सय, ७ सय, १ हजार, १३ सय र १६ सय रुपियाँको विभिन्न दरका सीयूजी प्याकेजहरु उपलब्ध गराइएको छ ।

१०.इन्डिया आउटगोइङ कल अफर
नेपालबाट भारतमा कल गर्नका लागि अब सस्तो दरको प्याकेज लिन सकिने भएको छ । यसका लागि कम्पनीले डेली प्याक, विक्ली प्याक र मन्थ्ली प्याक गरी तिन प्रकारको प्याक अफर ल्याएको छ । डेली प्याक अन्तर्गत ३५ रुपैयाँमा १५ मिनेट कल गर्न सकिने छ । सो प्याक १ दिनका लागि मात्र उपलब्ध हुनेछ । प्याकबाट प्रतिमिनेट २ रुपियाँ २२ पैसासम्मको सस्तो दरमा भारतमा कल गर्न सकिने छ ।

११.इन्टरनेसनल इनकमिङ कलमा बोनस अफर
अब विदेशबाट कल आएमा समेत बोनस कल र एसएमएस उपभोग गर्न सकिने छ । ७ दिनभित्र ७ मिनेट अन्तर्राष्ट्रिय कल रिसिभ गर्ने प्रत्येक ग्राहकले नेपाल टेलिकमको नेटवर्कमा १४ मिनेट फ्रि कल गर्न र १४ वटा फ्रि एसएमएस पठाउन सक्ने छन् । फ्रि कल र फ्रि एसएमएसको प्रयोग भने ३ दिन भित्र गरिसक्नु पर्नेछ ।

१२. एडीएसएल स्पिड स्तरोन्नति र डाटा बोनस
नेपाल टेलिकमले हालसम्म १ एमबीपीएससम्म गतिको एडीएसएल इन्टरनेट उपलब्ध गराइरहेकोमा अब ५ एमबीपीएस सम्मको गतिमा उपलब्ध हुने गरी अपग्रेड गरिएको छ । त्यसैगरी एडीएसएल रिचार्ज गर्दा ग्राहकको जीएसएम वा सीडीएमए मोबाइलमा क्रस–बन्डलिङ डाटा बोनस उपलब्ध गराइने छ ।

विभिन्न प्याकेज प्राप्त गर्नका लागि ग्राहकले १४१५ मा डायल गर्नु पर्ने छ ।

Advertisement

Advertisement

Advertisement