राष्ट्रिय व्यवस्थापन अघिवेशन माघ २८ मा, छलफलदेखि अवार्ड वितरणसम्मको कार्यक्रम

Advertisement

काठमाडौंं: नेपाल व्यवस्थापन संघको ३७औं राष्ट्रिय व्यवस्थापन अघिवेशन यही माघ २८ राजधानीमा सुरु हुने भएको छ । संघले बिहीबार पत्रकार सम्मेलन गरी अधिवेशनबारे जानकारी दिएको हो ।

अधिवेशनको पहिलो सत्र विजनेश सत्र हुनेछ । उक्त सत्रमा संघीय संरचनामा आर्थिक सामाजिक विकासको व्यवस्थापन विषयमा कार्यपत्रहरु प्रस्तुत भई त्यसमा छलफल हुनेछ । कार्यपत्र पूर्वसचिव कृष्ण ज्ञवाली र अर्थविद् जयन्द्र श्रेष्ठले प्रस्तुत गर्नेछन् ।

सोही सत्रमा सन् २०१७ को व्यवस्थापन विकास सिंहावलोकन विषयमा प्रस्तुति र छलफल हुनेछ । उक्त अनुसन्धनात्मक अध्ययन प्राडा विजय केसी र डा. सुशील पन्तले गरेका हुन् ।

अधिवेशनको दोस्रो सत्रमा संघको अधिवेशनको कार्यक्रम रहेको छ भने तेस्रो सत्रमा म्यानेजेन्ट अवार्ड सेरेमनी हुनेछ । सो अवसरमा म्यानेजर अफ द एयर अवार्ड २०१७ र वमन म्यानेजर अफ द एयर अवार्ड २०१७ प्रदान गरिनेछ ।

विसं २०३७ सालमा स्थापना भएको यो संस्था एसियन एशोसियशन अफ म्यानेजमेन्ट अर्गनाइजेसन्स मा आवद्ध छ । सरकारी तथा निजी क्षेत्रका व्यवस्थापकहरु आवद्ध यस संस्थाले बजेट, अर्थतन्त्र र अन्य नीतिगत विषयमा छलफल र बहस सञ्चालन गरी सरकारलाई सुझाव दिने गरेको छ ।

Advertisement

Advertisement

Advertisement