बार्सिलोना कोपा डेल रेको फाइनलमा, भ्यालेन्सिया २-० ले पाराजित

Advertisement

एजेन्सीः स्पेनीस कोपा डेल रे कप अन्तर्गतको खेलमा बार्सिलोनाले भ्यालेन्सियालाई पराजित गर्द फाइनलमा प्रवेश गरेको छ । भ्यालेन्सियालाई २-० गोल अन्तरले पराजित गर्दै बार्सिलोनाले फाइनलमा स्थान बनाएको हो ।

गए राति भएको कपको दोस्रो लेगको पहिलो खेलमा बर्सिलोनाले १-० मा जित निकालेको थियो । बार्साले समग्रमा ३-० को जित निकाल्दै फाइनलमा प्रवेश गरेको हो । डिफेन्डिङ च्याम्पियन क्याटलन टोली पाँचौ पटक फाइनलमा पुगेको हो ।

घरेलु मैदानमा भएको खेलमा भ्यालेन्सियाविरुद्ध कोउटिन्होले दोस्रो हाफको ४९औं मिनेटमा गोल गरेका थिए । साथै, खेलको ८२औं मिनेटमा राकिटिकले गोल गर्दै बार्सिलोनाको जित दर्ता गराए ।

बार्सिलोनाले उपाधिको लागि सेभियासँग प्रतिस्पर्धा गर्नेछ ।

Advertisement

Advertisement

Advertisement