ओमान विरुद्धको खेलमा आज नेपाल दोस्रो जितको खोजीमा

Advertisement

काठमाडौंः नामिबियामा जारी आइसीसी विश्व क्रिकेट लिग डिभिजन टु क्रिकेट प्रतियोगितमा आज (शुक्रबार) नेपाल र ओमानबीच प्रतिस्पर्धा हुने भएको छ । नेपाल प्रतियोगितामा आफ्नो दोस्रो खेलमा ओमानको सामना गर्न लागेको हो ।

खेल नोपाली समय अनुसार दिउँसो सवा १ बजे नामिबियाको विन्डहक क्रिकेट मैदानमा हुनेछ । नेपालले आफ्नो पहिलो खेलमा विहीवार घरेलु टोली नामिबियाविरुद्ध १ विकेटको रोमाञ्चक जित हात पारेको थियो । ओमान हिजै भएको खेलमा क्यानडासँग आठ विकेटको फराकिलो अन्तरले पराजित भएको थियो ।

नेपाल प्रतियोगितामा आफ्नो दोस्रो जितको खोजिमा हुनेछ भने ओमान पहिलो जितको खोजिमा मैदान उत्रदै छ । आजको खेल जित्दै प्रतियोगिताको शीर्ष दुईमा अटाउने लक्ष्यलाई बजबुद बनाउने नेपाली टोलीले जनाएको छ । नेपाल ओमानसँग पाँच वर्षपछि भिड्न लागेको हो ।

डिभिजन तीनको च्याम्पियन बन्दै ओमान प्रतियोगितामा आएको हो भने नेपाल विश्व क्रिकेट लिग च्याम्पियनसिपमा सातौं स्थानमा रहँदै डिभिजन टु मा घटुवा भएको हो ।

Advertisement

Advertisement

Advertisement