मुख्यमन्त्रीको दौडबाट पाण्डे 'रिङ आउट,' एमाले संसदीय दलका लागि निर्वाचन हुँदै

Advertisement

काठमाडौँ: सहमति नभएपछि नेकपा (एमाले) प्रदेश नं ३ को संसदीय दलको नेता चयनका लागि आज निर्वाचन हुँदैछ ।

ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा हुने निर्वाचनका लागि अहिले उम्मेदवारी दर्ता चलिरहेको छ । हालसम्म डोरमणि पौडेल (मकवानपुर) ले उम्मेदवारी दर्ता गरेका छन् भने पार्टीका उपाध्यक्ष अष्टलक्ष्मी शाक्य (काठमाडौँ) ले उम्मेदवारी दिने तयारी गरेकी छिन् ।

यसअघि चर्चामा रहेका राजेन्द्र पाण्डेले उम्मेदवारी नदिने बुझिएको छ । दलको नेता प्रदेशको मुख्यमन्त्री हुने भएकाले यो प्रतिस्पर्धा रोचक हुने देखिएको छ । मनोनयनपछि दिउँसो १२ः३० पछि निर्वाचन हुने सो पार्टीका पोलिटब्यूरो सदस्य एवं प्रदेशसभा सदस्य सानुकुमार श्रेष्ठले जानकारी दिए ।

Advertisement

Advertisement

Advertisement