एमाले प्रदेश नं ३ को संसदीय दलको नेतामा डोरमणि, मुख्यमन्त्री बन्ने पक्का

Advertisement

काठमाडौंः नेकपा (एमाले) प्रदेश नं ३ को संसदीय दलको नेतामा अष्टलक्ष्मी शाक्यलाई पराजित गर्दै डोरमणि पौडेल विजयी भएका छन् ।

ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा सम्पन्न निर्वाचनमा पौडेलले ३४ र प्रतिस्पर्धी अष्टलक्ष्मी शाक्यले २४ मत हासिल गरिन् । वाम गठबन्धनको सहमतिअनुसार पौडेल सो प्रदेशमा मुख्यमन्त्री बन्ने निश्चित देखिएको छ । यस प्रदेशमा एमालेका ५८ सदस्य छन् ।

हेटौँडा नगरपालिकाका पूर्व प्रमुख पौडेल मकवानपुरबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् ।

Advertisement

Advertisement

Advertisement