डिभिजन टु क्रिकेटः नेपाललाई चौंथो झड्का, कप्तान आउट (अपडेट)

Advertisement

काठमाडौंः नेपालका कप्तान पारस खड्का र आरिफ सेफको विकेट गएको छ । पारस ४२ बलमा १७ रन बनाएर तथा आरिफ सेख २० बलमा छ रन बनाएर आउट भएका हुन् ।

अहिले क्रिजमा शरद भषवाकर र दिपेन्द्र सिंह ऐरी खेलिरहेका छन् ।

नेपालको दोस्रो विकेट झर्यो, दिलिप नाथ आउट

काठमाडौंः ४८ बलबाट १९ रन बनाएर खेलिरहेका दिलिप नाथ आउट भएका छन् । अहिले क्रिजमा आरिफ सेख ब्याटिङका लागि आएका छन्

नेपालको १ विकेट झर्यो, ज्ञानेन्द्र आउट

काठमाडौंः ज्ञानेन्द्रको विकेट गएको छ । उनी ७ रन बनाएर क्रिजमा खेलिरहँदा कले मुल्लाको बलबाट आउट भएका हुन् । नेपालका दिलिप नाथ अहिले १५ बलको सामना गर्दै ३ रनको योगदान गरेका छन् । अहिले क्रिजमा पारस खड्का (कप्तान) आएका छन् ।

डिभिजन टु क्रिकेटः ओमानविरुद्ध टस हारेर ब्याटिङ गर्दै नेपाल

काठमाडौंः नामिबियामा जारी आइसीसी विश्व क्रिकेट डिभिजन टु प्रतियोगिताको दोस्रो खेलमा नेपाल ओमानसँग प्रतिस्पर्धा गर्दै छ । नेपाल टस हारेर खेलमा ब्याटिङ गरिरहेको छ ।

नेपालको ओपनिङमा ज्ञानेन्द्र मल्ल ( उपकप्तान) र दिलिप नाथ सुरुवाती ब्याटिङ गरिरहेका छन् ।

Advertisement

Advertisement

Advertisement