प्रदेश १ को मुख्यमन्त्रीमा शेरधन पक्का, राईले २६ मत पाउँदा भीम आचार्यलाई २४

Advertisement

काठमाडौंः प्रदेश १ बाट एमालेका शेरधनलाई मुख्यमन्त्री हुने करिव निश्चित भएको छ । उक्त प्रदेशको संसदीय दलको नेतामा शेरधन राई निर्वाचित भएका छन्।

एमालेको सचिवसमेत रहेका भीम आचार्यलाई पराजित गर्दै राई संसदीय दलको नेता बनेका हुन्। उक्त प्रदेशमा एमालेका अर्का पूराना नेता जीवन घिमिरेले पनि मुख्यमन्त्री दावी गर्दै आएका थिए । यद्यपि उनले प्रतिस्पर्धामा भाग लिएनन् ।

प्रदेश नम्बर १ एमाले दलको नेतामा नेता विजयी भएका राईले २६ मत ल्याएका छन् । उनीसँग पराजित एमालेका सचिव तथा प्रदेश नम्बर १ का संयोजक भीम आचार्यले २४ मत ल्याएका छन् । एक मत भने बदर भएको छ ।

Advertisement

Advertisement

Advertisement