नेपालको ब्याटिङ नचल्दा ओमानलाई १३९ रनको लक्ष्य

Advertisement

काठमाडौंः विश्व क्रिकेट लिग डिभिजन टु क्रिकेट प्रतियोगितामा नेपालले ओमानलाई १३९ रनको सामान्य लक्ष्य दिएको छ । निर्धारित ५० ओभरको खेलमा ४६ ओभर ब्याटिङ गर्दै नेपालले उक्त योगफल खडा गरेको हो ।

नामिबियाको विन्डहोम क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको नेपालले खराब सुरुवात गर्यो । नेपालका लागि ज्ञानेन्द्र मल्ल (उपकप्तान)ले १०, दिलिप नाथ १९, आरिफ सेख ६ रनमा आउट भए । कप्तान पारस १७, दिपेन्द्र सिंह ऐरी २०, शरद भेषवाकर २२ रनमा आउट भएपछि नेपाली ब्याटिङ धरापमा पर्यो ।

साथै, बसन्त रेग्मीले १, सोमपाल कामी १७, रोहितकुमार पौडेल १४ रनमा आउट भए । नेपालका लागि करण केसीले ४ रन जोडे भने सन्दिप लामिछाने सुन्यमा आउट भए ।

नेपाली ब्याटिङलाई धरापमा पार्नको लागि ओमानका खलिम उल्लाहले सार्वधिक ४ विकेट लिए ।

Advertisement

Advertisement

Advertisement