संविधान संशोधनको विरोध गर्ने एमालेको सरकारमा हामी जाँदैजादैनौंः अनिल झा

Advertisement

 

काठमाडौंः राष्ट्रिय जनता पार्टीका नेता अनिल झाले आफूहरुले अहिले केन्द्रिय सरकारमा जानेबारे केही पनि नसोचेको बताएका छन् । रिपोर्टर्स क्लवमा शुक्रबार उनले भने, ‘हामी केपी ओली नेतृत्वको सरकारमा जाने संभावना छैन । यसबारेमा हामीले कुनै छलफल नै गरेका छैनौं, भोलि पनि जानेबारे पार्टीमा कुनै छलफल हुँदैन होला ।’

झाले संविधान संशोधनको लागि सबैभन्दा कटु आलोचना एमालेबाटै भएको गुनासो पोखे । उनले भने, ‘त्यसैले हामी एमालेको नेतृत्वमा सरकारमा जाने संभावना छैन, हामी प्रतिपक्षमा बसेर निर्वाह गर्नुपर्ने भूमिका निर्वाह गर्छौं ।’

अब बन्ने सरकारले आफूहरुको एजेण्डाप्रति कस्तो धारणा बनाउँछ त्यो हेर्न बाँकी रहेको उनको भनाई थियो । त्यस्तै झाले प्रदेश नम्बर २ मा फोरम र राजपा नेपालले संयुक्त सरकार बनाउने विश्वास दिलाए ।

उनले भने, ‘संयुक्त सरकार बनाउनोरे प्रयास र छलफल भैरहेको छ, दुई दिन पहिले यसबारेमा एक चरणमा छलफल भयो, अर्को चरणमा पनि छिट्टै छलफल हुन्छ ।’ झाले संयुक्त सरकार बनाउने भएकोले राजपा लचकता अपनाउन तयार रहेको विश्वास दिलाए ।

Advertisement

Advertisement

Advertisement