ठमेल हत्या काण्डका मुखियालाई भारतीय प्रहरीले नेपाल प्रहरीलाई बुझायो

Advertisement

काठमाडौँ: भारतीय प्रहरीले नेपाल प्रहरीलाई १६ वर्षअघि १९ वर्षीय सुवर्ण गुरूङको हत्या गरी फरार रहेका मुखिया गुरूङलाई हस्तान्तरण गरेको छ ।

२०५८ कात्तिक १८ गते काठमाडौंको ठमेलस्थित जुली स्टुडियो डिस्कोमा बानेश्वरका १९ वर्षीय सुवर्ण गुरुङको हत्या मुखिया फरार भएका थिए।

प्रहरीका अनुसार मुखियाको नेतृत्वमा कर्मा गुरुङ, राजु घले, कर्मा शेर्पा लगायतको समूहले सुवर्णको हत्या गरेको थियो।

हत्यापछि अरू पक्राउ परे पनि मुख्य योजनाकार मुखिया फरार थिए, केन्द्रिय प्रहरी प्रबक्ता मनोज नेउपानेले बताए । उनीलाई काठमाडौँ जिल्ला अदालतले २०६४ पुष १ गते जन्मकैदको फैसला गरेको थियो ।

घटना लगत्तै मकाउ पुगेका मुखिया करिब २ महिनाअघि नेपाल आएका थिए। त्यसपछि भारत हुँदै थाइल्याण्ड जाने क्रममा उनी भारतको जयपुर विमानस्थलबाट पक्राउ परेको प्रहरीले जनाएको छ।

भारतीय प्रहरीले गत मंसिर २२ गते पक्राउ गरेर दिल्लीस्थित पटियाला अदालतमा उपस्थित गराएको थियो। अदालतको आदेशअनुसार उनलार्इ नेपाल ल्याउन लागिएको उच्च प्रहरी स्रोतले जानकारी दिएको छ।

सम्भवतः नेपाली अपराधिलाई भारतीय प्रहरीले पक्राउ गरेर नेपाल फर्काउन लागिएको यो नै पहिलो घटना हो। अहिले (शुक्रबार) दिउँसो ३ बजे उनलाई काठमाडौं ल्याउने प्रहरीले जानकारी दिएको छ।

मुखियालाई नेपाल प्रहरीको इन्टरपोल शाखाले खोजी सूचीमा राखेको थियो। त्यसैका आधारमा भारतीय प्रहरीले पक्राउ गरेको हो।

प्रहरीका अनुसार मुखिया पक्राउ परेको करिब २ महिना हुन लाग्यो, अपराध नियन्त्रण तथा अपराधी पक्राउ गर्न दुई देशबीच सुपुदर्गी सन्धी नभए पनि अदालति प्रक्रिया पूरा गरेर नेपाल ल्याउन लागिएको हो।

नेपाल र भारतबीच सुपदर्गी सन्धी नहुँदा अपराधी तथा अभियुक्त पक्राउ गरेर बुझाउने प्रक्रिया अहिले झन्झटिलो रहेको प्रहरी स्रोतले जानकारी दिएको छ।

Advertisement

Advertisement

Advertisement