लहानमा यामाहाको नयाँ ‘थ्री एस फेसिलिटी’

Advertisement

लहानः नेपालका लागि यामाहा मोटरसाइकलको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले सिराहा जिल्लाको लहानमा सुबिधासम्पन्न संरचना बाट सेवा सुविधा सुरु गरेको छ । एमएडब्लुले आफ्नो डिलर एसएस अटो सेन्टरलाई यामाहाको नयाँ गाइडलाइनअनुसार स्तरोन्नति गरेर ग्राहकलाई ‘थ्री एस’ (सेल्स, सर्भिस र स्पेयर पार्टस्)को सुविधा सुरु गरेको हो ।

यो क्षेत्रमा यामाहा मोटरसाइकल तथा स्कुटरको बढ्दो मागलाई पुर्ति गर्ने उद्देश्यले यामाहा मोटरसाइकलको डिलरसिपको स्तरोन्नति गरिएको एमएडब्लुको भनाई छ । नयाँ शोरुमको उद्घाटन प्रमुख अतिथि तथा मिस नेपाल २०१७ निकिता चन्दकले गरेकी थिइन ।

एसएस अटो सेन्टरबाट ग्राहकले अब विश्वस्तरीय प्रविधिजडित यामाहाका लोकप्रिय मोटरसाइकल र स्कुटरहरुको ‘थ्री एस’ सहित एक्सचेन्ज र फाइनेन्सको पनि सुविधा पाउनेछन् । एसएस अटो सेन्टरका प्रबन्धक निर्देशक सञ्जिव साह भन्छन, ‘यामाहा विश्वमै परिचित र विश्वसनीय मोटरसाइकल ब्रान्ड हो । र यो क्षेत्रमा यामाहाको मोटरसाइकलको माग निरन्तर बढिरहेको छ । अब हामीसँग हाई–टेक वर्कसप, तालिम प्राप्त र दक्ष टेक्निसियन समेत छ, जसले मोटरसाइकलको गुणस्तरीय सर्भिसिङ गर्नेछन् ।

यामाहाले नेपाली बजारको माग र आवश्यकतालाई सम्बोधन गरी विभिन्न भेरियेन्टका मोटरसाइकल र स्कुटर विक्री गर्दै आएको छ । स्कुटरमा यामाहाको फेसिनो रे जेडआर र रेजी गरी तीन मोडेल छन् भने मोटरसाइकलमा एफजेड–एस एफआई, आर १५, एसजीआरआर, सलुटो र प्राविधिक रुपमा उच्च स्तरीय आर३ उपलब्ध छन् ।

यामाहाले केही महिनाअघि नेपाली बजारमा २५० सीसी क्षमता भएको एफजी २५ ‘द अल्टिमेट स्ट्र्रिट फाइटर’ सार्वजनिक गरेको थियो । छोटो अवधिमै एफजी २५ सबैभन्दा बढी खोजिएको मोटरसाइकल बन्न सफल भएको जनाइएको छ ।

यामाहाका मोटरसाइकल र स्कुटरहरु प्याटेन्टेड ‘ब्लु कोर’ इन्जिनजडित छन् । यामाहाको ‘आर’ सिरिज र ‘एफजी’ सिरिजमा अत्याधुनिक फ्युल इन्जेक्सन (एफआई) प्रविधि जडान गरिएको छ, जसले पर्फमेन्स बढाउनुका साथै इन्धन खपत घटाउने, यसले यामाहाका मोटरसाइकलहरुमा माइलेज बढी पाइने एमएमडब्लुको भनाई छ ।

Advertisement

Advertisement

Advertisement