एनआइसी एसियाको नयाँ शाखा चैनपुर र धादिङवेशीमा, कुल शाखा संख्या पुग्यो १७०

Advertisement

काठमाडौंः एनआइसी एसिया बैंकको दुई नयाँ शाखाहरु बझाङको जयपृथ्वी नगरपालिका १०, चैनपुर, र धादिङको निलकण्ठ नगरपालिका ३, धादिङवेशीमा शुक्रबारदेखि सञ्चालनमा आएका छन् ।

चैनपुर शाखाको उदघाटन जयपृथ्वी नगरपालिकाका मेयर वीरेन्द्र खड्का र धादिङबेसीको उदघाटन निलकण्ठ नगरपालिकाका मेयर भीम ढुङ्गानाले गरेका हुन । शाखा सञ्जाल, पुँजी संरचना, वासलातको आकार, ग्राहक संख्याहरुको आधारमा एनआइसी एसिया निजी क्षेत्रको अग्रणी बैंकहरुमा पर्दछ ।

थपिएका दुईसहित एनआइसी एसिया बैंकको शाखा संख्या मुलुकभर १७० शाखा पुगेको छ । त्यस्तै, १६८ एटिएम एवं ४ एक्स्टेन्सन काउन्टर रहेका छन् । हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा संचालन गर्ने योजना अगाडि सारेको बैंकले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement